सिंधुवा बजारमा भएको आगलागीबाट पिडित घर परिवारहरुलाई राहत तथा क्षतिपूर्ति दिलाउने कुरामा मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने : मन्त्री राई
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजारमा गएराती आग्लागी हुँदा ४९ लाख बराबरको क्षति भएको छ ।
उक्त घटना प्रति आफु अत्यन्तै मर्माहित भएको र घटनामा परि घरवार बिहिन हुन पुगेका घर परिवाहरुलाई यथासक्य चाँडो राहात उपलब्ध गराउने कुरामा तिब्र रुपमा छलफल चलि रहेको मन्त्री राजेन्द्र कुमार राईले बताउनु भएको छ ।
मन्त्री राईले फेसबुकमा लेखेका छन् : धनकुटा जिल्ला स्थित छथर जोरपाटी गाउँपालिका वडा नं. ६ सिंधुवा बजारमा २०७९ पौस २९ गते साँझ भएको आगलागिको घटनाले म अत्यन्तै मर्माहित भएको छु ।
आगलागिबाट घरवार बिहिन हुन पुग्नु भएका घर परिवाहरुलाई यथासक्य चाँडो राहात उपलब्ध गराउने कुरामा तिब्र रुपमा छलफल चलि रहेको छ ।
पिडाको यस दुःखद घडिमा पिडित घर परिवारहरुलाई राहात तथा क्षतिपूर्ति दिलाउने कुरामा मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फबाट कुनै कसर बाँकी नराखिने कुरा समेत यहाँहरु सबैमा जानकारी गराउँदछु ।


