धनकुटा महोत्सवको तयारी तिब्र

विकास घिमिरे/धनकुटा,३० पुस । धनकुटामा माघ ६ गते देखि १६ गते सम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् एभोकाडो तथा धनकुटा महोत्सवको तयारी तिब्र पारिएको छ ।

आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा रहेको आयोजना स्थल तल्लोटुडिखेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

“ कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार ” भन्ने नाराका साथ हुन लागेको महोत्सवको तयारी बारे जानकारी गराईएको थियो ।

धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिन सम्म महोत्सव गर्न लागिएको र धनकुटा सहित प्रदेश १ लगायत जिल्लाहरुका उद्यमीहरु महोत्सवमा सहभागी हुने छन् ।

एनटिआइएसमा समावेश भएका कृषि जन्य वस्तुको प्रचार प्रासर यस प्रदेशको एतिहाँसिक , संस्कृतिक परम्परा तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रवद्धन साना तथा घरेलु उद्योग बाट उत्पादित बस्तुहरुको बजारी करण अन्य क्षेत्रको विकासमा महत्व पूर्ण योगदान गर्ने विश्वास आयोजक संस्थाले गरेको आयोजक उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताउँनु भयो ।

पत्रकार संमेलनमा स्वागत मन्तव्य राख्दै आयोजक उद्योग वाणिज्य संघ धनकुटाकी बरिष्ठ उपाध्यक्ष तारा तितुङ्गले महोत्सव सफल बनाउँन सबैमा आग्रह गर्नु भएको थियो ।

पत्रकार संमेलनमा आयोजक उद्योग वाणिज्य संघ धनकुटाका पदाधीकारी तथा सदस्य पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन उद्योग वाणिज्य संघ धनकुटाका सचिव श्रीराम रायामाझीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।