पाख्रिबासमा सम्पन्न गोरु जुघाईमा राजकुमार राईको गोरुले प्रथम स्थान
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ७ गजेभञ्ज्याङमा आज गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ ।
हरेक वर्ष जस्तै माघेसक्रान्तिको अवसरमा यो वर्षपनि प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा पाख्रीवास चुम्माङका राजकुमार राईको गोरुले प्रथम स्थान हाँसिल गरेको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिकाका अरुण दाहालकाे गोरु द्धितीय र तृतीय भएको अायाेजकले जनाएकाे छ । विजयी गोरुका धनीहरुलाई क्रमश: नगद ३५ हजार, २० हजार र १० हजार पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै डोरी तान्ने प्रतियोगितामा अमर राईकाे टाेलि प्रथम भएका छन् । प्रथम भएकाे टाेलिलाई २ हजार पुरस्कार प्रदान गरिएको छ । भने दाेश्राे भएका प्रकाश बस्नेतकाे टिम दाेश्राे भएकाे छ । दाेश्राे भएकाे टाेलिलाई १ हजार पुरस्कार प्रदान गरिएकाे छ ।
प्रगतिशिल सेवा समाज पाख्रीवास ७ द्धारा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले गर्नुभएकाे थियाे ।
सक्रान्तिकै अवसरमा रमाईलाेका लागि खेलाईएकाे भलिवल प्रतियाेगितामा मिलिजुली समूह प्रथम र चुम्माङकाे समूह दाेश्राे भएकाे छ ।
उनिहरुलाई क्रमश: नगद ५ हजार ३ हजार नगद पुरस्कार प्रदान गरिएकाे अायाेजक समाजका शंकर विश्वकर्माले जानकारी दिनुभयाे ।


