धनकुटामा मगर समुदायले यसरी मनाए माघी पर्व (फोटो फिचर)

धनकुटा । मगर समुदायले माघी पर्व भव्यताका साथ मनाएका छन् ।

पर्वको अवसरमा धनकुटा १ हिलेमा एकीकृत लाफा मगर समाज धनकुटा १ हिलेकाे अायाेजनामा साँस्कृतिक झाँकी तथा र्याली प्रदर्शन गरिएको छ ।

र्यालीपछि काेणसभा गरिएकाे थियाे । सभालाई नेपाल मगर संघका केन्द्रिय सल्लाहकार समिति सदस्य तथा निवर्तमान केन्द्रिय उपाध्यक्ष साेम वहादुर राना मगर, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ लगायतले सम्बाेधन गरेकाे एकीकृत लाफा मगर समाजका सल्लाहकार भुवन मगरले वताउनुभयो ।

यो पनि…
ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला
खोटाङ, २ माघ (रासस) ः खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ ।

खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको अवसर पारेर पाँच दिनसम्म लाग्ने गरेको छ ।

माघे सङ्क्रान्तिको अवसरमा दूधकोसीमा मकर नुहाउने र मेला भर्ने हजारौँ मानिसको भीड लाग्ने गरेको स्थानीय बासिन्दा एवं व्यवसायी बाबुराम जोशीले बताउनुभयो । रभुँवाघाटको ऐतिहासिक मेलामा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको विनिमय गर्ने माध्यमका रुपमा परिचित छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण तीन वर्ष स्थगित गरिएको माघे सङ्क्रान्ति मेला यस वर्ष लगाइएको बजार व्यवस्थापन समितिका संयोजक एवं लामीडाँडाका वडासदस्य सोमबहादुर माझीले बताउनुभएको छ । चार वर्षपछि लगाइएको मेला विगतको तुलनामा बृहत् भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्तिको अवसर पारेर विसं २००७ भन्दाअघिदेखि मेला लाग्दै आएको जानकारले बताउँदै आएका छन् । खोटाङको भू–भागमा पर्ने लामीडाँडास्थित रभुँवाघाटमा माघे सङ्क्रान्ति र हरिबोधिनी एकादशीमा दुई पटक ठूलो मेला लाग्दै आएको छ ।

मेलालाई व्यवस्थित गर्न र आपराधिक क्रियाकलाप हुन नदिन खोटाङ र ओखलढुङ्गाको प्रहरी परिचालन गरिएको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । “पाँच दिनसम्म लाग्ने अस्थायी मेलामा स्थानीय बासिन्दाले मनोरञ्जनका कार्यक्रमसमेत राख्ने गरेका छन्”, उहाँले भन्नुभयो, “रमाइलो गर्नेक्रममा झैझगडा हुनुका साथै आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावनलाई ध्यानमा राखेर दुवै जिल्लाका प्रशासनसँग समन्वय गरेर प्रहरी परिचालन गरिएको हो ।”

खोटाङ र ओखलढुङ्गाका स्थानीय बासिन्दाको व्यापारिक केन्द्रसमेत रहेको ऐतिहासिकस्थल रभुँवाघाटको अस्तित्व अबको केही वर्षपछि नामेट हुँदै छ । रभुँवाघाटबाट छ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन हुँदैछ ।

आयोजनाबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु तीन जिल्लाका एक हजार एक सय ५० घरधुरी प्रभावित हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) ले देखाएको छ । खोटाङका छ सय ५७, ओखलढुङ्गाका चार सय ७९ र सोलुखुम्बुका १४ गरी एक हजार एक सय ५० घरधुरी प्रभावित हुने भएका हुन् ।

दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि नेपाल सरकारले यस वर्ष करिब एक करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएसँगै दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने पक्का भएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । यसमध्ये हिउँदको समयमा एक अर्ब ३५ करोड ८० लाख र वर्षायाममा दुई अर्ब आठ करोड ४० लाख युनिट विद्युतीय ऊर्जा उत्पादन हुने डिपिआरमा उल्लेख छ ।

जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजना अन्तरगत विसं २०४२ मा पहिचान भएको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना लामो समयपछि उत्पादनको प्रक्रिया सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै रभुँवाबजारमा बन्ने करिब दुई सय २० मिटर गहिरो दूधकोसी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दूधकोसी जलाशययुक्त आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोसी जलाशययुक्त आयोजना सफल पार्न खोटाङका स्थानीय बासिन्दा एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।

करिब रु दुई खर्ब लगानीमा सम्पन्न हुने दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना पाँच वर्षभित्र सम्पन्न हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

निकै ठूलो धनराशि खर्च हुने दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना वैदेशिक ऋण सहयोग, नेपाल सरकार र वित्तीय संस्थाको लगानीमा सम्पन्न गरिने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।