धनकुटा सिधुवा बजारका अग्नी पीडित परिवारलाई सूर्य वहादुर थापा प्रतिष्ठानद्धारा राहत वितरण

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिधुवा जबारका आग्लागी पीडित परिवारलाई सूर्य वहादुर थापा प्रतिष्ठानले राहत प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष,पूर्वमन्त्रि एवं नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापाले प्रतिष्ठानको नामवाट पठाउनु भएको सहयोग सामाग्री प्रतिष्ठानका सदस्यहरुको साथमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सचिव विजय सन्तोषी राई लगायतको टोलिले वितरण गरेको हो । ती सामाग्री आगलागीबाट पीडित ललिता राई, झमक थापा, सन्त वहाुदर राई, यम वहादुर मस्राङ्गी,लिलामाया थापा,अर्जुन घिमिरे,डिग वहादुर खड्का र डम्वर वहादुर थापाको परिवारलाई वितरण गरिएको टोलिले जनाएको छ ।

४ दिन अघि विद्युत सट भई सिधुवा बजारमा आगलागी हुदा ८ घरपरिवारले क्षति वेहोरेका थिए । राहत वितरण टोलीमा छथरजोरपाटी गाउपालिकाका अध्यक्ष छत्र सुब्बा, वरिष्ठ समाजसेवी असित नरसिंह थापा,कुमार थापा,रमेश थापा, कांग्रेस जिल्ला सदस्य मिन वहाुदर कार्की,मुना पोखरेल,नेपाली कांग्रेस धनकुटका नगर उपसभापति अमित लो तामाङ,वडा नं ६ का वडा अध्यक्ष दिपक गुरुङ, नेपाली कांग्रेसका छथरजोरपार्टी उपसभापती मनीकर्ण दाहाल,सचिव पदम भट्टराई,वडा नं ६ का कांग्रेसका सभापति नविन श्रेष्ठ,हरी दाहाल,दिल कुमार राई,श्रीराम रायमाझी ,बल वहादुर खड्का,कमल थापा लगायतको सहभागिता थियो ।

काँचो इँटा उत्पादन तथा निकासीमा कर
भक्तपुर, ३ माघ (रासस)ः चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो ।

इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गर्दै कर निर्धारण गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

काँचो इँटा उत्पादन गर्र्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान रु १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी रु पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको हो ।

त्यसो त भक्तपुरका रहेका ६१ इँटाभट्टामध्ये ४१ भट्टा रहेको चाँगुनारायणमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले इँटा उद्योगलाई हटाउनुपर्ने माग गर्दै स्थानीय जनस्तरदेखि कार्यपालिकामा समेत पटक–पटक आवाज उठ्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।