प्रदेशसभा सदस्य ईन्दिरा थापाद्वारा सिधुवा बजारका आग्लागी पीडित परिवारलाई सहयोग प्रदान
धनकुटा । प्रदेश नं १ का प्रदेशसभा सदस्य ईन्दिरा थापाले धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ सिधुवा बजारका आग्लागी पीडित परिवारलाई सहयोग प्रदान गर्नुभएको छ ।
केहदिन अघि सिधुवा बजारमा आग्लागी हुँदा पीडित बनेका परिवारलाई आफ्नो तर्फबाट सहयोग गरेको प्रदेशसभा सदस्य थापाले बताउनु भएको छ ।
उहाँले सिधुवा बजारका आग्लागी पीडित ललिता राई, झमक थापा, सन्त वहादुर राई, यम वहादुर मसाङ्गी, लिला माय थापा, अर्जुन घिमिरे, डिग वहादुर खड्का र डम्वर वहादुर थापाको परिवारलाई खाद्यान्न र सिरक प्रदान गरिएको वताउनुभयो ।
पिडितहरुलाई थप सहयोगका लागि सदनमा कुरा राख्ने र मन्त्रालयमा पहल गर्ने उहाँले वताउनु भएको छ ।


