धनकुटा महोत्सव आजदेखि

धनकुटा, ६ माघ । प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्यापार तथा विभिन्न क्षेत्रका एक सय ८० कक्ष रहेका छन् । हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवमा रु पाँच करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो । (रासस)

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या
मुगु, ६ माघ (रासस) :टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७८÷७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ । ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमै काम सम्पन्न नगर्दा टर्मिनल भवन अधुरै रहेको हो । विसं २०६० देखि कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको हो । विसं २०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो । टावर र टर्मिनल भवन भने हालसम्म बन्न सकेको छैन ।

ओमबुद्धले टर्मिनल भवन निर्माण गर्न २०७६ असोजमा ३० महिना भित्र सम्पन्न गर्नेगरी रु आठ करोड ६५ लाखको सम्झौता गरेको थियो । नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर महेश नेपालीका अनुसार हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ”, उहाँले भन्नुभयो । सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ ।

ओमबुद्ध कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्काले भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा ढिला भएको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।