शिक्षाकर्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको १२ औं बार्षिक साधारण सभा सम्पन्न
धनकुटा,८ माघ । शिक्षाकर्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष हरीप्रसाद दाहालले आर्थिक बर्ष २०७८र०७९को बार्षिक प्रगती प्रतिवेदन र आर्थिक बर्ष २०७९ र ०८०को निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने लेखा समिती संयोजक लक्ष्मीप्रसाद सापकोटाले लेखा समितीको प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी नेपाल शिक्षक संघ प्रदेश न १ का उपाध्यक्ष गंगाराम ढुंगाना रहनु भएको थियो त्यस्तै अतिथीहरुमा नेपाल शिक्षक संघका धनकुटा अध्यक्ष थिरेन्द्र बहादुर लिम्बु राष्ट्रिय सहकारी बैंक धनकुटाका प्रमुख रिजन गुरुग, जिल्ला सहकारी संघ धनकुटाका प्रतिनिधी कमलप्रसाद लामिछाने रहनु भएको थियो ।
कार्यक्रमका स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष विनय राईले गर्नु भएको थियो भने संचालन संस्थाका सदस्य हिमकर्ण दाहालले गर्नु भएको थियो । कार्यक्रमा विभिन्न विद्यामा पुरस्कृत र सम्मान समेत गरिएको थियो ।



