सहिदभूमि गाउँपालिकामा गरिब परिचयपत्र वितरण सुरु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले गरिब परिचयपत्र वितरण शूरु गरेको छ । पालिकाले अहिलेसम्म विभिन्न वडाका १ सय ८० घरपरिवारलाई परिचयपत्र वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाको वडा नं ३ का १ सय १६, वडा नं ४ मा ४०, वडा नं ५ मा २४ घर परिवार गरि जम्मा उल्लेखित संख्याका गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सिता पौडेलले जानकारी दिनुभयो । अब बाँकी वडाहरुमा माघ १३ गतेसम्म परिचयपत्र वितरण गरिने उहाँले वताउनुभयो ।

त्यस्तैगरि यो पालिकाको वडा नं ३ मा पशुमा लाग्ने रोग र त्यसको उपचारको वारेमा शिविर सञ्चालन गरिएको छ ।

शिविरमा १ सय १४ घरधुरी पशुपालक कृषकका बाख्रा १ हजार ७ सय ५०, गाई ३ सय ३५, भैसीं ९७, कुखुरा २ हजार २ सय २१, र ३ सय २९ बंगुरलाई लाग्ने विभिन्न रोगको औषधी नि:शूल्क वितरण गरिएको छ भने ११ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ ।

त्यस्तै यो वडाका जेष्ठ नागरिकहरुको नि:शूल्क स्वास्थ्य परिक्षण समेत गरिएको गाउँपालिकाका कर्मचारी दीपक राईले जानकारी दिनुभयो । यस्तै वडा नं ४ र ५ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४५ जनाको स्वास्थ्य परिक्षण गरि नि:शूल्क औषधि वितरण गरिएको उहाँले वताउनुभयो । शिविरमा मेडिकल अधिकृत प्रेम वहादुर बस्नेत सहितको टोलिले फिजिकल चेकजाँच सहित आवश्यक सल्लाह सुझाव दिएको थियो ।

आजै ४ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत ‘’श्रमको सम्मान , राष्ट्रको अभियान’’ नाराका साथ न्युनतम रोजगार, नगरिकको अधिकार भन्ने सञ्चार’ अभिमुखीकरण सम्पन्न गरिएको छ । अभिमुखीकरणमा सो वडाका विभिन्न टोलका १८ देखी ६० वर्ष उमेर समूहका ५० जनाको सहभागिता थियो ।

अभिमुखीकरणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने भन्ने प्रत्रियावारे जानकारी गराईएको संयोजक पौडेलले वताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत फकिर मोहमद,४ नं वडाध्यक्ष भीम वहादुर राई लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।