पाख्रिबास नगरपालिका स्थित भारती माबिको सरस्वती पूजा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका स्थित श्री भारती माध्यमिक विद्यालय पाख्रीबास-१०, चुङमाङको सरस्वती पूजा तथा वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । २००८ सालमा स्थापना भएको विद्यालयको यो ७२ औ स्थापना दिवस रहेको छ ।

पाख्रीबास नगरपालिका वडा नं १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य हरि बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रदेश सभाका सदस्य माननीय इन्द्रमणी पराजुली रहनु भएको थियो ।

यसै गरी कार्यक्रमको विशेष अतिथिको रूपमा पाख्रीबास नगरपालिकाका उपमेयर नम्रता देउजा रहनु भएको थियो ।

विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुति दिएको कार्यक्रममा माननीय इन्द्रमणी पराजुलीलाई विद्यालयले सम्मान गरेको थियो । सम्मान पछि बोल्दै माननीय पराजुलीले विद्यालयका आवश्यकतालाई प्राथमिकताका साथ पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै पाख्रीबास नगरपालिकाका उपमेयर नम्रता
देउजाले विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सक्षम बनाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा रु ४० हजार बराबरको अक्षयकोष छात्रवृत्ति वितरण गरिएको थियो । यसै गरि विद्यालयमा कार्यरत शिक्षकद्वय मुना भण्डारी र अनिल तिम्सिनालाई नगद तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

यसै गरि वार्षिकोत्सव सप्ताहमा सञ्चालन गरिएको अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा पाख्रीबास नगरपालिका वडा नं १० निवासी जगत बहादुर न्यौपाने खत्रीले बाल-विकास देखी कक्षा ५ सम्म अध्ययनरत करिब ६० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।