धनकुटा महोत्सव भोली सम्पन्न हुने,बेलुकाका कार्यक्रम स्थगित

धनकुटा,१५ माघ । धनकुटा माघ ६ गते देखि सुरु भएको प्रादेशिक औद्योगिक व्यापारमेला कृषि प्रदर्शनी, एभोकाडो तथा ५ औं धनकुटा महोत्सवमा बेलुका हुने गरेका सास्कृतिक कार्यक्रम बाहेक सबै यथावत रहदै भोलि समापन गरिने भएको छ ।

आयोजक उद्योग वाणिज्य संघ धनकुटाका सचिव तथा महोत्सव आयोजना समितीका प्रचार प्रशार संयोजक श्रीराम रायामाझीले सामाजीक संजाल फेसबुक मार्फत उतm जानकारी दिनु भएको हो । केहि बेरमा आयोजक संस्थाले पत्रकार संमेलन गर्दै थप जानकारी गराउँने भएको छ ।

यो पनि…
गड्डाचौकीबाट भित्रिने पर्यटक घटे
महेन्द्रनगर, १५ माघ (रासस): कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने तेस्रो मुलुकका पर्यटकको आवागमन न्यून हँुदै गएको छ ।

भारत हुँदै गड्डाचौकी नाकाबाट बर्दिया, पोखरालगायतका स्थानमा भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या कम हुँदै गएको गड्डाचौकीस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

केही वर्षअघिसम्म वार्षिक तीन हजारदेखि बत्तीस सयसम्म अमेरिका, बेलायत, जर्मनी, इटलीलगायत तेस्रो मुलुकका पर्यटक यस नाकाबाट प्रवेश गर्दथे । कोरोना सङ्क्रमणका बेला भारतले यहाँबाट तेस्रो मुलुकका पर्यटकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि नेपालमा पनि पर्यटकको चहलपहल घटेको कार्यालय प्रमुख पदमराज भट्टले जानकारी दिनुभयो । भारतले सन् २०२१ को डिसेम्बरदेखि प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

भारतले आवागमनमा रोक लगाएयता नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा गिरावट आएको उहाँले बताउनुभयो । “पहिले दैनिक १५÷२० पर्यटक आउने गरेकामा अहिले त्यो सङ्ख्या घटेर दुई÷तीन जनामा सीमित भएको छ”, उहाँले भन्नुभयो । भारत भ्रमणमा रहेका पर्यटक भिसा नवीकरणका लागि पनि यो नाका हुँदै नेपाल घुम्न आउने गरेको प्रमुख भट्टको भनाइ थियो ।

गड्डाचौकीमा पर्यटक बोर्डको कार्यालय स्थापना गरी त्यहाँबाट भित्रिने पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यबारे जानकारी दिने गरिएको थियो तर केही वर्षयता उक्त कार्यालय बन्द भएपछि सुदूरपश्चिममा पर्यटकीय गतिविधि बढाउनेतर्फ कसैले ध्यान नदिएको उहाँको गुनासो थियो ।

गड्डाचौकी नाकाको केही दूरीमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, एशियाकै लामो दोधारा चादँनी झोलुङ्गे पुल, झिलमिला ताललगायत धार्मिक पर्यटकीय गन्तव्य भए पनि पर्यटकलाई जानकारी गराउने कुनै निकाय नहुदा पर्यटकको चहलपहल घटेको मझगाउँस्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेश सरकारले भारतीय पर्यटन व्यवसायीसँग समन्वय गरेर तेस्रो मुलुकका पर्यटकलाई नेपाल–भारत भ्रमण गराउने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।धार्मिक पर्यटनका दृष्टिकोणले पनि लाखौँं भारतीय पर्यटकलाई यहाँ ल्याउन सक्ने सम्भावना भएपनि सम्बन्धित निकायले कुनै पहल नगरेको उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।