महोत्सवमा प्रमोद खरेलको कन्सर्ट हेर्न आएको वेला भिडमा परि घाईते भएका मध्ये थप ११ जना डिस्चार्ज
धनकुटा । धनकुटा महोत्सवमा कलाकार प्रमोद खरेलको कन्सर्ट हेर्न आउनेक्रममा भीड हुँदा भएको घटनाका घाईतेहरु मध्ये विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेका मध्ये अहिले सम्म १० जना निको भएर डिस्चार्ज भएका छन् ।
महोत्सवमा हिजो राती कलाकार खरेलको कन्सर्ट हेर्न आएको वेला भिडमा परि घाईते भएका मध्ये २० जनालाई उपचारका लागि घोपा लगिएको थियेमा १० जना निको भएर डिस्चार्च भईसकेको र बाँकीको उपचार भईरहेको उद्योग वाणिज्य संघ धनकुटाका सचिव एवं महोत्सव प्रचार प्रसार समितिका संयोजक श्रीराम रायमाझीले जानकारी दिनुभयो ।
घोपामा पनि उपचार हुन नसकेपछि विराटनगर गोल्डेन हस्पिटलमा लगि आईसियुमा उपचार भईरहेका भनिएका दुई जना मध्ये पनि एक जना डिस्चार्ज भईसकेको र अर्को एक जनाको टाउकोमा चोट लागेकोले सामान्य सल्यक्रिया गरिएको, अवस्था सामान्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
घोपामा उपचाररत घाईतेहरुको पनि अवस्था सुधारोन्मुख रहेको जानकारी दिईएको छ । उद्योग वाणिज्य संघ धनकुटाले आज दिउँसो गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यलय धनकुटाको निमित्त प्रमख जिल्ला अधिकारी ममता अधिकारी सुवेदी सहित सूरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरुको उपस्थिती थियो ।
पत्रकार सम्मेलनमा महोत्सवमासाँस्कृतीक कार्यक्रम बाहेक अन्य सबै कुरा यथावत अर्थात बेलुकी ६ बजे सम्म स्टलहरु राखिने र भोलि १६ गते दिउँसो १ बजे औपचारिक कार्यक्रम गरि समापन गरिने निर्णय भएको छ ।


