धनकुटा महोत्सव सम्पन्न

धनकुटा । धनकुटामा सञ्चालित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवं ५ औं धनकुटा महोत्सव सम्पन्न भएको छ ।

गत माघ ६ गतेदेखी उद्योग वाणिज्यसंघ धनकुटाको आयोजनामा सञ्चालित महोत्सव सोमबार सम्पन्न भएको हो ।

महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा १ नै प्रदेशसभा सांसद निरन राईले महोत्सवले जिल्लाको व्यापार व्यवसाय प्रवद्र्धन र पर्यटकिय स्थहरुको प्रचार प्रसारमा सहयोग पुगेको वताउनुभयो ।

सांसद राईले जिल्लामा महोत्सव आयोजना हुदा स्थानिय, घरेलु उत्पादन र कृषि सामग्रीको प्रवर्द्धन भएको उल्लेख गर्नुभयो । उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतामा भएको महोत्सव समापन कार्यक्रममा महोत्सबमा झण्डै ५ करोड बराबरको आर्थिक कारोबार भएको र १ लाख दर्शकले अवलोकन गरेको धनकुटा उद्योग वाणिज्य संघका सचिव एवम् महोत्सव प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताउनु भयो ।

कृषि र घरेलु उत्पादनलाई प्राथमिकतामा दिदै महोत्सवमा १ सय ८२ वटा स्टल राखिएका थिए ।

महोत्सव समापनकै अवसरमा जिल्लामा विभिन्न सञ्चारमाध्यममा क्रियाशिल ५ सञ्चारकर्मीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका धनकुटा संवाददाता रमेशचन्द्र अधिकारी,रेडियो थाहासञ्चारका धनकुटा संवाददाता ईश्वर थापा,रेडियो लालिगुराँस धनकुटाका समचार सम्पादक सर्मिला राई,सँगालोखबरडटकमका रविन कटेल र अर्थ न्युज टेलिभिजनका धनकुटा संवाददाता सन्तोष सुवेदी रहेका छन् । उनिहरुलाई महोत्सव प्रचार प्रसारमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖