धनकुटा महोत्सवमा घाइते भएका उपचार पछि घर फर्के
धनकुटा,१८ माघ । धनकुटामा माघ ६ गते देखि सञ्चालित प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवं ५ औं धनकुटा महोत्सवमा ठेलामठेल हुँदा शनिबार घाइते भएका ३० जना दर्शक उपचार पछि घर फर्केका छन ।
उधोग बाणिज्य संघ धनकुटाले आज महोत्सव स्थलमा पत्रकार सम्मेलन गरि घाइतेहरुको अबस्था बारे जानकारी गराएको हो । गम्भीर घाइते भएका ६ बर्षिय बालक अभिहाङ लिम्बूको भने बिराटनगरको गोल्डेन अस्पतालमा उपचार भैरहेको छ ।
महोत्सव स्थलमा प्रवेश गर्ने क्रममा भिड अनियन्त्रीत हुँदा घाइते भएका सबै ३१ जनाको उपचार खर्च उधोग बाणिज्य संघले ब्यहोरेको अध्यक्ष बिजय सन्तोषी राईले जानकारी दिए ।
यो पनि…
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ, १८ माघ (रासस) :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताउनुभएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै उहाँले सूचनाको हकको प्रवद्र्धनले विकासको नयाँ वातावरण बन्ने बताउनुभयो ।
“जति धेरै सूचना सम्प्रेषण तथा सूचनाको हकको प्रत्याभूत हुन सक्यो त्यति धेरै सुशासन कायम हुन्छ । त्यसले विकासको एउटा नयाँ वातावरण बन्छ”, उहाँले भन्नुभयो । उहाँले सूचनाको हक प्रवद्र्धन गर्न आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शासन प्रणालीमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको जनाउँदै उहाँले जति धेरै जनता सुसूचित हुन्छन् पारदर्शीता अपनाइन्छ, त्यति त्यहाँ विकृति विसङ्गतिलाई रोकथाम गर्न सकिने बताउनुभयो । “जनताले रोकथाम गर्दा मात्र विकृति विसङ्गति नियन्त्रण हुन्छ । सूचनाको हक बढीभन्दा बढी स्थापित गर्ने, त्यसलाई प्रवद्र्धन गर्ने गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छ ।”
सूचनाको हकका नाममा समाजमा अव्यवस्था, अराजकता र अनुशासनहीनता नआओस् भन्ने कुरामा पनि सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले कतिपय सूचनाको प्रकृति सार्वजनिक गर्नुनपर्ने पनि हुने भएकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले गत एक वर्षभित्र आयोगले गरेको कामकारबाहीको प्रतिवेदन सरकारलाई बुझाइएको बताउनुभयो । —


