वडाध्यक्ष घिमिरेद्धारा धनकुटा महोत्सवका घाईतेहरुको उपचारका लागि एक महिनाको भत्ता उपलब्ध गराउने
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा समाजसेवी विकास घिमिरेले पाचौ धनकुटटा महोत्सव संचालनको क्रममा अपल्कनीय दुर्घट्नामा परी घाईते भएका विरामीहरुको उपचारका लागि एक महिनाको भत्ता उपलब्ध गराउने घोषणा गर्नु भएको छ भने घाईतेहरुको उपचारका लागी धनकुटा उद्योग बाणिज्य संघले आजै सवैमा सहयोगका लागी अपिल गरेको छ ।
माघ ६ गते देखि संचालन भएको पाचौ धनकुटा महोत्सवको क्रममा माघ १४ गते साझ अत्यधिक भिडका कारण भिड नियन्त्रण हुन नसक्दा एक आपसमा ठेला ठेल हुदा घाईते भएका ३१ जना दर्शकहरुको उपचारका लागी धनकुटा नरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा समाजसेवी विकासर घिमिरेले आफ्नो एक महिनाको भत्ता तथा तलव वरारवको करीव ३० हजार रुपैया वरावरको सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
प्रादेशिक ओद्योगि व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाचौ धनकुटा महोत्सव माघ ६ गते देखी १६ गते सम्म संचालन भएकोमा माघ १४ गते राती अत्यधिक भिडका कारण एक आपसमा ठेला ठेल तथा किचिएर ३१ जना घाईते भएकोमा धरान स्थित वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा १८ जनाको र २ जनाको विराटनगर स्थित गोल्डेन अस्पतालमा र अन्य ११ जनाको धनकुटा अस्पतालमा उपचार भएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
उक्त घट्नामा घाईते भएकाहरुको उपचार धनकुटा उद्योग बाणिज्य संघले गरिरहेको र एक जना विरामी मात्र अव डिस्र्चाज हुन बाकी रहेको र अन्य सम्पूर्ण विरामीहरु उपचार पछी घर फर्किएका धनकुटा उद्योग बाणिज्य संघका सचिव श्रीराम रायमाझीले वताउनु भयो ।
वरिष्ठ लोकप्रिय गायक प्रोदम खरेलले गित प्रस्तुत गर्ने कार्यक्रम रहेको दिन अत्यधिक उहाका स्रोताहरु आएका कारण ठूलो भिड भाड भएकोले भिड नियन्त्रण हुन नक्सदा उक्त घट्ना भएकोले घट्नामा घाईते भएकाहरुलको लागी आफ्नो पारिश्रमिक समेत गायक खेरेलले उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
धनकुटा नगरपालिकाका वडाध्यक्ष तथा वरिष्ठ समाजसेवी विकास घिमिरेले मानविय हिसावले महोत्सवमा घाईते भएकाहरुको उपचारका लागी सहयोग गर्नु भएकोमा धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट सम्मान गरिने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिदै सवै संघ संस्था तथा निकायहरु र सम्पूर्ण महानुभावहरुलाई सहयोगका लागी अपिल गर्नु भएको छ ।


