महोत्सव आयोजक समितिद्धारा धनकुटा टुडिखेलको सरसफाई

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले धनकुटा टुडिखेलको सरसफाई गरेको छ ।

११ दिनसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाचौ धनकुटा महोत्सव संचालनको भएको स्थान टुँडिखेलमा संघले धनकुटा नगरपालिका, नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा व्यापक सरसफाई गरेको हो ।

धनकुटा नगरपालिकाको सहयोगमा नेपाली सेनाको धनकुटा स्थित भिम दल गण सल्लेरी व्यारेक,सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी गुल्म धनकुटा,जिल्ला प्रहरी कार्यालय धनकुटाका सुरक्षाकर्मी र महोत्सव आयोजक समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागीतमा टुडिखेलको व्यापक सफसरफाई गरिएको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

सरसफाई गर्न महत्वपूर्ण सहयोग गरेकोप्रति नेपाली सेनाको धनकुटा स्थित भिम दल गण,सशस्त्र प्रहरी बलको छिन्ताङ्ग देवी गुल्म ,जिल्ला प्रहरी कार्यालय धनकुटालाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ,उपाध्यक्ष निर्मला राई,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ ,आयोजक समितिका सदस्य विष्णु माया कन्दङ्गवा,नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी वहादुर लम्जेल,धनकुटा फुटवल संघका निर्वतमान अध्यक्ष गोविन्द राई,रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष इश्वर श्रेष्ठले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

प्रादेशिक औद्योगि व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं पाचौ धनकुटा महोत्सव माघ ६ गते देखी १६ गतेसम्म भव्य रुपमा संचालन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖