धनकुटा महोत्सवमा भएको घट्नाबारे छानविन गर्न समिति गठन
धनकुटा । प्रादेशिक औद्योगि व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं ५ औं धनकुटा महोत्सवको क्रममा भएको घट्नाको सत्य तथ्य छानविनका लागि ७ सदस्यीय छानविन समिति गठन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टको संयोजकमा ७ सदस्यीय छानविन समिति गठन गरिएको संघले जनाएको छ ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा आईतबार बसेको बैठकले गठन गरेको छानविन समितिको सदस्य सचिव श्रीराम रायमाझी र सदस्यहरु राम घिसिङ्ग,उज्वल कर्मचार्य,अम्विका धमला,नविन श्रेष्ठ,लिा श्रेष्ठ रहेका छन् । समितिले एक महिना भित्र घटनाको छानविन गरी धनकुटा उद्योग बाणिज्य संघमा प्रतिवेदन बुझाउनु पर्ने समय सिमा समेत दिएको छ ।
यसैगरी बैठकले घट्ना परी घाईते भएका विरामीहरुको उचारका लागि विरामीहरुले दिएको वीलभरपाई छानविन गर्न संघका अर्का उपाध्यक्ष निर्मला राई श्रेष्ठको संयोजकत्वमा विल भरपाई छानमिन समिति समेत गठन गरेको छ । सो समितिको सदस्य सचिवमा श्रीराम रायमाझी र सदस्यहरुमा रुपेश श्रेष्ठ,अम्बिका धमला,शोभा श्रेष्ठ, महेन्द्र थापा, नगेन्द्र काफ्ले, रिदम श्रेष्ठ रहेको संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्गले वताउनु भयो । माघ ६ गते देखी सञ्चालित महोत्सवको ११ औं दिन माघ १४ गते साँझ अत्यधिक भिडका कारण एकापसमा ठेलाठेल हुँदा किचेर ३० जना दर्शक घाईते भएका थिए ।
ती मध्ये एक जना बालक वाहेक अरु सबै उपचारपपछि घर फर्किसकेका छन् । एक बालकको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको स्वास्थ्य स्थिति सामान्य रहेको संघका सचिव श्रीराम रायमाझीले वताउनु भएको छ । घटनामा परि धनकुटा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएका विरामी र जिल्ला प्रहरी कार्यालयको रेर्कडमा भएका विरामीहरुको अपस्तालबाट डिस्चार्ज नभए सम्मको उपचार खर्च आयोजकले व्यहोरेको उहाँले बताउनु भएको छ ।


