नेपाल प्रेस युनियन धनकुटाका कोषाध्यक्ष स्व. चौधरीको नाममा स्मृती पत्रकारिता पुरस्कार कोष घोषणा
धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाका कोषाध्यक्ष स्व.पूर्णकुमार चौधरीको नाममा स्मृति पत्रकारिता पुरस्कार कोष घोषणा गरिएको छ ।
नेपाल प्रेस युनियन धनकुटाले आज शोक सभा तथा पुरस्कार घोषणा कार्यक्रमको आयोजना गरि उहाँको नामममा १ लाख ११ हजार १ सय ११ रुपयाँको स्मृती पत्रकारिता पुरस्कार कोष घोषणाको गरेको हो ।
नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमाकुमारी चेम्जोङको अध्यक्षतमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले स्व.चौधरी परिवारको पालनपोषण तथा जीवनयापनमा सहयोग आवश्यक रहेकोमा जोड दिएकाछन् । उहाँको सन्तान स-साना भएको कारण उनिहरुको शिक्षादिक्षामा पनि ध्यान दिन जरुरी रहेको वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले स्व.चौधरीको परिवारको जीवनयापनलाई सहज बनाउन आफुहरुको तर्फबाट सकेसम्म पायक पर्ने स्थानमा आवश्यक काम खोज गर्ने कार्यभईरहेको जानकारी गराउनुभयो । उहाँले स्व.चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफुहरुको तर्फबाट थप अन्य सहयोग पनि रहने बताउनुभयो ।
त्यस्तैगरी संविधानसभा सदस्य लिला सुब्बाले पनि स्व.चौधरीको परिवारको जीववनयापनलाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे,केन्द्रिय सदस्य सरिता बराईली राई,नेपाल प्रेस युनियन प्रदेश १ उपाध्यक्ष ज्ञानेन्द्र निरौला,निर्वतमान केन्द्रिय उपाध्यक्ष विजयसन्तोषी राई लगायतले स्व.चौधरी प्रति श्रद्धाञ्जली व्यक्त गर्दै चौधरीको परिवारलाई आ-आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई,महाँसंघका निवर्तमान अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, युनियन प्रदेश कोषाध्यक्ष कविराज घिमिरे,खगेन्द्र घिमिरे,सल्लाहकार रमेशचन्द्र अधिकारी, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा लगायत पत्रकारसँग सम्बद्ध विभिन्न संघ संगठनका पदाधिकारीहरुको उपस्थिती थियो ।
कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन धनकुटाका सचिव विकास घिमिरेले गर्नुभएको थियो । चौधरीको यही माघ १९ गते अल्पायुमै असामयिक निधन भएको थियो ।


