साँगुरीगढी गाउँपालिकामा तोरी उत्पादन प्रबर्दन कार्यक्रम सुरु

धनकुटा,२९ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिकाले तोरी उत्पादन प्रबर्दन कार्यक्रम सुरु गरेको छ ।

साँगुरीगढी गाउँपालिका वडा नं ८ को तातोपानी क्षेत्रका कृषकलाई स्थानीय लोकल र हाईब्रिड जातको विउँलाई परिक्षणको तोरी उत्पादन कार्यक्रम सुरु गरिएको साँगुरीगढी गाउँपालिका कृषि शाखाका कृषि विकास अधिकृत राजीवकुमार पाख्रिनले जानकारी दिए ।तातोपानी गाउँमा रहेको तातोपानी कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध ६६ घरधुरी कृषक सदस्यहरुलाई गाउँपालिले ८० प्रतिशत अनुदानमा स्थानीय र उन्नत जातको तोरीको विउँविजन उपलब्ध गराएको थियो ।

२० प्रतिशत सहकारी संस्था मार्फत कृषकको लागत साझेदारी रहेको थियो । प्रतिकृषक घरधुरीले न्यूनतम डेढ देखि ८ रोपनी क्षेत्रफलमा तोरीको खेति गरेका छन् ।गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार ठाकुर, कृषि विकास अधिकृत राजीव कुमार पाख्रिन, कृषि प्राविधिक हरिबहादुर आलेमगर लगायतको टोलीले स्थलगत निरिक्षण गरेको थियो ।

निरिक्षणका क्रममा गाउँपालिका अध्यक्ष जितेन्द्र राईले तातोपानी क्षेत्रलाई तोरी जोनको रुपमा विकास गर्ने बताए ।

यो पनि…
सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने
काठमाडौँ, २९ माघ (रासस) : सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने विषयमा सत्तासाझेदार दलका शीर्ष नेताबीचमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुख्यगरी सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र सहकार्यलाई थप मजबुत बनाएर लैजाने विषयमा महत्वपूर्ण छलफल भएको उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।

“सरकारमा सहभागी दलकाबीचमा सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने र भएका कमीकमजोरीलाई सच्याउने विषयमा समीक्षा भयो । आगामी दिनमा यो सहकार्यलाई अझ मजबुत बनाएर लैजाने विषयमा पनि गम्भीर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकले नियमितरुपमा यसप्रकारका भेटघाटलाई निरन्तरता दिने सहमति गरेको छ । राप्रपाका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री लिङ्देनका अनुसार वर्तमान सरकार निर्माणका क्रममा गरिएको सहमतिमा आफूहरु कायम रहेको र त्यसमा सत्ता साझेदार दलकाबीच समान धारणा रहेको भन्दै थप कुनै विषयमा सहमति गर्नुपर्ने भए त्यसका लागि पनि तयार रहेको बैठकको निष्कर्ष छ ।

बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउने विषयमा पनि छलफल भएको थियो । “उपयुक्त समयमा रास्वपा सरकार आउन पनि सक्छ, केही प्राविधिक समस्या छन्, छलफल भइरहेको छ, यसलाई निरन्तरता दिने विषयमा छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा कुनै छलफल नभएको उहाँको भनाइ छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।
—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖