विद्यार्थी भर्नाको विषयलाई लिएर धनकुटा बहुमुखी क्याम्पसमा दुई पक्ष वीच झडप हुँदा दुई जना घाईते

धनकुटा । विद्यार्थी भर्नाको विषयलाई लिएर धनकुटा बहुमुखी क्याम्पसमा दुई पक्ष वीच झडप हुँदा नेपाल विद्यार्थी संघका सभापति र सचिव घाईते भएका छन् । फर्जी विद्यार्थी भर्ना गर्न मिल्दैन भनेर गलत कार्यका प्रतिकार गर्दा नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस ईकाई समिति सभापति सुवास भण्डारी र सचिव युवराज कार्की भएका हुन् ।

एमाले निकट युवा संघका युवाहरु,अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस ईकाई कमिटी सचिव सहितकाले उनिहरुमाथि सांघातिक आक्रमण गरेको नेविसंघले जनाएको छ । गैर विद्यार्थी जर्वजस्ति भर्ना गराउने विषयमा नियम विपरितका कार्य गर्न नपाईने भन्दै नेविसंघका भण्डारी र कार्की सहितकाले विरोध गर्दा आक्रमण भएको नेविसंघले जनाएको छ ।

आक्रमणबाट घाईते भएका सभापति भण्डारीलाई नोवेल हस्पिटल विरानगर लगिएको छ । भण्डारीकोे आईसियुमा राखेर उपचार भईरहेको हस्पिटलमा रहेकी करुणा कटवालले बताउनुभयो । यसरी गैर विद्यार्थी भर्ना गर्ने कार्यलाई क्याम्पस ईकाई प्रशासनले समेत पार्टीगत दादागिरी देखाई कार्यलय समय पछाडी पनि विद्यार्थी भर्ना लिएको भन्दै नेविसंघले विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

उस्ले घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्ष तथा प्रशासनिक भवनमा तालाबन्दि गरेको छ भने दोषीहरुलाई कारवाही नगरिए सशक्त आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ । यो विषयमा युवा संघका सचिव कमल कार्कीसँग बुझ्दा नेविसंघका विद्यार्थीले भर्नाका लागि लाईनमा बसिरहेका अनेरास्ववियुका विद्यार्थीहरुलाई समय सकिएको भन्दै भर्ना गर्न नदिएपछि सामान्य ठेलाठेल भएको बताउनुभयो ।

प्रहरीले भने क्याम्पसमा पठनपाठनको कुरालाई निरन्तरता दिने सहमति भएको जनाएको छ । झगडामा संलग्न मध्ये अहिले सम्म कोही पनि संपर्कमा नआएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।