धनकुटा महोत्सवको क्रममा भएको घट्नामा परी घाईते भएका सवै विरामीहरु निको भै घर फिर्ता

धनकुटा । धनकुटा महोत्सवको क्रममा भएको दु:खद घट्नामा परी घाईते भएका सम्पूर्ण विरामीहरु उपचार पछि निको भएर घर फर्किएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवं पाचौ धनकुटा महोत्सवको ११ औ दिनको साँझ अत्याधिक भिडका कारण भएको दु:खद घट्नामा परी घाईते भएका ३० जना सबै उपचार पछि अस्पतालबाट निको भै घर फर्किएको संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

महोत्सवको क्रममा भएको घट्नामा परि घाईते भएका १० जनाको धनकुटा अस्पतालमा उपचार गरि सोही दिन, १८ जनाको धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछी केही दिनमा र २ जना बालकको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारपछि निको भई अहिले घर फर्किएको संघले जनाएको छ ।

घाईतेहरुको अस्पतालबाट डिस्चार्ज नभए सम्मको खर्च धनकुटा उद्योग बाणिज्य संघले व्यहोरेको धनकुटा संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तिुतङ्गले वताउनु भयो । धनकुटा महोत्सव सञ्चालन गर्न यस अघि सहयोगका लागि स्थानिय तहहरु,विभिन्न संघ संस्था,सरोकारवाला कार्यालय,व्यावसायी संस्थाहरुमा पेश गरिएको प्रस्तावहरुको रकम माग गर्ने कार्य भैरहेको र संकलनको प्रक्रिया चलिरहेकोले विरामीहरुको औषधी उपचार खर्च अहिले संघका कार्य समितिमा रहेकाहरुबाट र केही सापटी लिएर गरिरहेको कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।

सम्पूर्ण रकम संकलन भैसकेपछी मात्र आम्दानी र खर्चको विवरण आउने कोषाध्यक्ष श्रेष्ठले वताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖