नेकपा एमाले धनकुटा जिल्ला सचिवालय कमिटी सदस्य मनोज रायमाझी (सन्दिप)ले गरे पार्टी परित्याग

धनकुटा । नेकपा एमाले धनकुटा जिल्ला सचिवालय कमिटी सदस्य मनोज रायमाझी (सन्दिप)ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टीमा काम गर्दै जाँदा नेकपाको निरन्तरता भएको महसुष नभएको भन्दै विज्ञप्ति जारी गरी साधारण सदस्य समेत नरहनेगरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले विज्ञप्ति मार्फत आगामी दिनमा अझ शसक्त भई जनताको सेवामा समर्पित भई काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । विज्ञप्तिमा लेखेका छन् ‘’आदणीय न्याय प्रेमी जन समुदाय म २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष निर्वाचित भएर जनताको हितमा काम गर्दै आएको कुरा सर्वविदितै छ ।

ने.क.पा माओवादी र नेकपा एमाले वीच वाम गठवन्धन हुँदै पार्टी एकता भई नेपाल कम्युष्टि पार्टी नेकपा को विभिन्न जिम्मेवारी समालेर काम गर्दै आएको र नेकपा विभाजन पछि ने.क.पाकै निरन्तरता भनिएकाले म नेकपा एमालेमा प्रवेश गरी स्थानिय तह, प्रदेश र संघको निर्वाचनमा ईमान्दार पूर्वक आफ्नो भुमिका निर्वाह गरेको सबैमा जानकारी नै छ तर पार्टीका काम गर्दै जाँदा ने.क.पा को निरन्तरताको महसुस गर्न सकिएन ।

त्यसैले आजको मितिबाट नेकपा एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराउदछु ।

साथै आगामी दिनमा अझ शसक्त रुपमा जनताको सेवामा समर्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।