धनकुटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न,हिले मावि प्रथम

धनकुटा, ८ फागुन । धनकुटामा तेस्रो धनकुटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्र्तगत हिले माध्यामिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिँल गरेको छ त्यस्तै दोस्रो स्थान जनकल्याण माध्यामिक विद्यालय मार्गा र तेस्रो स्थानमा गोकुण्डेश्वर माध्यमिक विद्यालय सिराज बजार भएको छ ।

प्रतियोगितामा पुरुष भलिबल तर्फ गोकुण्डेश्वर मा वि सिरानबजार प्रथम,हिले मा वि हिले दोस्रो, गोकुण्डेश्वर बाल मन्दिर मा वि तेस्रो भएका छन् त्यस्तै भलिबल महिला,गोकुण्डेश्वर मा वि सिरानबजार प्रथम, हिले मा वि हिले दोस्रो, गोकुण्डेश्वर बाल मन्दिर मा वि तेस्रो भएका छन् ।

त्यस्तै १०० मीटर दौड पुरुष प्रथम रोहन श्रेष्ठ, त्रिबेणी मा वि चुलिवन, दोस्रो दिनेश दर्लामी, जनकल्याण मा वि मार्गा, तेस्रो धर्मराज वि क, धनकुटा अंग्रेजी बोर्डिङ स्कूल भएका छन् त्यस्तै १०० मीटर दौड महिला प्रथम रिचा सुवेदी, बालसंसार आवासीय मा वि, दोस्रो तिर्सना राई, गोकुण्डेश्वर मा वि सिरानबजार, तेस्रो सीमा राई, देउराली मा वि सान्ताङ भएकी छन् ।

त्यस्तै २०० मीटर दौड पुरुष तर्फ प्रथम रोहन श्रेष्ठ, त्रिबेणी मा वि चुलिवन,दोस्रो रविन्सन राई, निजामती मा वि चुलिवन, तेस्रो सन्दिप लिम्बु, गोकुण्डेश्वर बालमन्दिर मा वि, २०० मीटर दौड महिला तर्फ प्रथम रिचा सुवेदी, बालसंसार आवासीय मा वि,दोस्रो तिर्सना राई, गोकुण्डेश्वर मा वि सिरानबजारतेस्रो अनिसा सुवेदी, जनकल्याण मा वि मार्गा, ४०० मीटर दौड पुरुष, प्रथम दिनेश दर्लामी, जनकल्याण मा वि मार्गा, दोस्रो निरज सारु मगर, गोकुण्डेश्वर मा वि सिरानबजार, तेस्रो सुजन श्रेष्ठ , निजामती मा वि चुलिवन, ४०० मीटर दौड महिला, प्रथम विनिता तामाङ ,हिले मा विदोस्रो अनुसाराई, देउराली मा वि सान्ताङ, तेस्रो सारदा थापा, गोकुण्डेश्वर वालमन्दिर मा वि, ८०० मीटर दौड पुरुष तर्फ प्रथम बिपिन श्रेष्ठ, जनकल्याण मा वि मार्गा, दोस्रो अभिषेक लिम्बु, धनकुटा अंग्रेजी बोर्डिङ स्कूल, तेस्रो सक्षम राई, देउराली मा वि, सान्ताङ्, ८०० मीटर दौड महिला, प्रथम अनिसा सुवेदी, जनकल्याण मा वि मार्गा, दोस्रो अस्मिता खड्का, हिले मा वि हिले, तेस्रो जसिका राई, देउराली मा वि, सान्ताङ्, १५०० मीटर दौड पुरुष, प्रथम प्रतिक मगर, जनकल्याण मा वि मार्गा, दोस्रो राजन राई, गोकुण्डेश्वर मा वि, तेस्रो साजन दर्लामी हिले मा वि हिले १५०० मीटर दौड महिला, प्रथम सृजना राई, हिले मा वि हिले, दोस्रो अन्जु राई, गोकुण्डेश्वर बालमन्दिर मा वि, ३००० मीटर दौड पुरुष प्रथम प्रतिक मगर, जनकल्याण मा वि मार्गा,दोस्रो मोतिलाल मगर, हिले मा वि हिले तेस्रो विजय मल्लिक, गोकुण्डेश्वर मा वि, ३००० मीटर दौड महिला, प्रथम प्रतिस्रा भण्डारी, गोकुण्डेश्वर बालमन्दिर मा वि, दोस्रो सोनीया राई, धनकुटा अंग्रेजी मा वि, तेस्रोमोनिका सुनुवार, हिले मा वि हिले, ४×१०० मीटर दौड महिला प्रथम गोकुण्डेश्वर बालमन्दिर मा वि , दोस्रो गोकुण्डेश्वर मा वि, तेस्रो जनकल्याण मा वि मार्गा ४×१०० मीटर दौड पुरुष, प्रथम त्रिबेणी मा वि , दोस्रो निजामति आवासीय मा वि, तेस्रो हिले मा वि हिले, ४×४०० मीटर दौड पुरुषप्रथम जनकल्याण मा वि मार्गा, दोस्रो गोकुण्डेश्वर मा वि, तेस्रो गोकुण्डेश्वर बालमन्दिर मा वि ४×४०० मीटर दौड महिला, प्रथम हिले मा वि हिले, दोस्रो जनकल्याण मा वि मार्गा, तेस्रो गोकुण्डेश्वर मा वि, ज्याभ्लिन थ्रो पुरुष प्रथम नवराज मगर, गोकुण्डेश्वर मा वि, दोस्रो युनेश श्रेष्ठ, बाल संसार आवासीय मा वितेस्रो ज्वाला राई, गोकुण्डेश्वर बालमन्दिर मा वि, ज्याभ्लिन थ्रो महिला, प्रथम रोजिना राई गोकुण्डेश्वर मा वि, दोस्रो टेनिसा लिम्बु, निजामती मा वि तेस्रो आसिका राई, धनकुटा बोर्डिङ स्कूल, सटपुट पुरुष, प्रथम सुदिप श्रेष्ठ, गोकुण्डेश्वर बालमन्दिर मा वि, दोस्रो क्षितिज लावर, गोकुण्डेश्वर मा वि तेस्रो सुजन दर्लामी हिले मा वि हिले, सटपुट महिला प्रथम भूमिका श्रेष्ठ, गोकुण्डेश्वर बालमन्दिर मा वि, दोस्रो टेनिसा लिम्बु, निजामती मा वि, तेस्रो रोजिना राई गोकुण्डेश्वर मा वित्यस्तै हाईजम्प पुरुष तर्फ प्रथम योगेश याम्फु, गोकुण्डेश्वर बालमन्दिर मा वि, दोस्रो युनिस, श्रेष्ठ, बाल संसार आवासीय मा वि, तेस्रो निश्चल श्रेष्ठ, त्रिबेणी मा वि , हाईजम्प महिला तर्फ प्रथम अस्मिता खड्का हिले मा वि हिले, दोस्रो उपेक्षा राई, ,गोकुण्डेश्वर बालमन्दिर मा वि, तेस्रो वर्षा लिम्बु, गोकुण्डेश्वर मा वि, लङ् जम्प पुरुष तर्फ प्रमिसराज राई, त्रिबेणी मा वि, दोस्रो हिले मा वि हिले, तेस्रो सुवास विष्ट,गोकुण्डेश्वर बालमन्दिर मा वि लङ् जम्प महिला प्रथम तिर्सना राई, गोकुण्डेश्वर मा वि, दोस्रो ज्योती वि क, गोकुण्डेश्वर बालमन्दिर मा वि, तेस्रो जसिका राई, देउराली मा वि सान्ताङ ट्रिपल जम्प पुरुष प्रथम मणिराज तामाङ , हिले मा वि हिले, दोस्रो रविन्सन राई, निजामती आवासीय मा वि, तेस्रो प्रमिसराज राई, त्रिबेणी मा वि, ट्रिपल जम्प महिला तर्फ प्रथम अस्मिता खड्का, हिले मा वि दोस्रो रिचा सुवेदी, बाल संसार आ वासीय मा वि, तेस्रो ज्योति वि क , गोकुण्डेश्वर बालमन्दिर मा वि भएका छन् ।

गोकुण्डेश्वर मावि सिरान बजारले आयोजना गरेको प्रतियोगिताको सभापतित्व विद्यालयका प्रध्यानाध्यापक यज्ञप्रकाश चापाँगाईले गर्नु भएको थियो भने कार्यक्रमको संचालन आयोजक विद्यालयका शिक्षक भक्त खड्काले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।