धनकुटामा ह’त्याको आरोपमा १ जना पक्राउ
धनकुटा, फागुन १४ । धनकुटाको महालक्ष्मी नगरपालिका-५ का २२ बर्षीय निरज कट्वाललाई ह’त्याको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ ।
यही फागुन ११ गते राती स्थानिय ७० बर्षीय बर्षीय मान बहादुर बस्नेत आफ्नै घरमा मृ’त अवस्थामा रहेको सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरेको थियो । ‘मृ’तक बस्नेतको धा’रीलो ह’तियार प्रयोग गरी टाउको समेत छुट्याएको अवस्थामा शरिरको भाग मात्र फेला पारेको प्रहरी टोलीले थप अनुसन्धान गर्ने क्रममा मृ’तकको टाउको घटनास्थल देखी करिव साँढे १ किलोमिटर पुर्व रहेको कुसुमबोटे खोला किनाराना ढुङगाले कि’चेर फालेको अवस्थामा फेला पारेको थियो ।
यसरी शरिर र टाउकोको भाग छुट्टाछुट्टै अवस्थामा फेला परेको जघन्य ह’त्याको सम्बन्धमा सुक्ष्म अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आरोपमा मृ’तकको भान्जा नाता पर्ने स्थानीय २२ बर्षीय कट्वाललाई पक्राउ गरेको हो । ह’त्या आरोपमा पक्राउ परेका कट्वालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।
बालबालिकालाई वडाको निःशुल्क ‘ट्यूसन’
दमक, १४ फागुन (रासस) :दमक नगरपालिका–९ वडा कार्यालयले विपन्न बालबालिकालाई लक्षित गरी निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । वडा कार्यालयले विपन्न समुदायका बालबालिकालाई ट्युसन कक्षाको व्यवस्था गरेको हो ।
वडाले पहिलो चरणमा उराव बस्तीमा निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको छ । यहाँका अधिकांस बासिन्दा स्थानीय चिया बगानमा काम गर्छन् । विपन्न समुदायका बालबालिकालाई लक्षित गरी अतिरिक्त ट्यूसन कक्षा सञ्चालन गरिँदैआएको वडाअध्यक्ष कुवेर भट्टराईले बताउनुभयो ।
यहाँका विद्यार्थी स्थानीय महालक्ष्मी आधारभूत र पाणीनी माध्यमिक विद्यालयमा अध्ययनरत छन् । सामुदायिक विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त कमजोर विद्यार्थीका लागि निःशुल्क ट्यूसन कक्षा सञ्चालन गरिएको हो । ट्यूसनका लागि वडाले कार्यक्रममा नै बजेट समावेश गरेको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
“विद्यार्थीलाई पढाइमा अब्बल बनाउन यस किसिमको कार्यक्रम सुरु गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार आएको छ”, उहाँले भन्नुभयो ।
दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांस विद्यार्थी शिक्षाबाट वञ्चित छन् । “शिक्षाको गुणस्तर वृद्धि गर्ने प्रयास गरेका छौँ, यसलाई निरन्तरता दिन्छौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो । वडाले यसका लागि रू ७५ हजार बजेट छुट्याएको छ । वडाको दिपज्योति उराव बस्तीमा सञ्चालित ट्यूसन कक्षामा कक्षा १ देखि ६ सम्मका ४३ तथा कक्षा ७ देखि १० सम्मका ३० बालबालिका सहभागी हुँदैआएका छन् ।
–––


