राईटपाथ करियर काउन्सेलिङको ८ औ शाखा धनकुटामा स्थापना
धनकुटा । राईटपाथ करियर काउन्सेलिङले धनकुटामा आफ्नो ८ औ शाखा धनकुटामा स्थापना गरेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि उस्ले शाखाको उद्य्घाटन गरेको हो ।
कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने बक्ताहरुले राइटपाथले युवा विद्यार्थीहरूलाई विदेश गएर उच्च शिक्षा हासिल गरेर स्वदेशमै आउन अभिप्रेरित गर्न परामर्श दिएमा विद्यार्थी र देशकै विकास हुने धाराणा राखेका छन् ।
विद्यार्थीको उज्ववल भविष्य निर्माणमा कन्सल्टेन्सीले सही बाटो देखाए राष्ट्र निर्माणमा समेत सहयोग पुग्ने भन्दै उच्च शिक्षाका लागि विदेशिएका विद्यार्थीले स्वदेश फर्किएर सेवा दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
विद्यार्थीले आफ्नो करियर कसरी बनाउने भन्ने विषयमा विज्ञ र सही व्यक्ति छनौट गरेर निर्णय गरे समस्या नआउने भन्दै धनकुटामा स्थापना भएको राईटपाथ करियर काउन्सिलको शाखाले विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेमा आफूहरु विश्वस्त रहेको उनीहरुले बताएका छन ।
कार्यक्रममा बोल्दै राईटपाथका प्रमुख फिलिप डि सीले अहिलेसम्म दुई हजार बढि विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न विदेश पठाई सकेको जानकारी दिनुभयो ।
कार्यक्रममा राईटपाथका सञ्चालक आफैँ विदेशमा लामो समय बसेर ज्ञान र सिप हासिल गरेर आउनु भएकोले पनि उहाले विदेशमा हासिल गरेको ज्ञान र सिप नै विद्यार्थीलाई बाढनेमा आफूहरु विस्वस्त रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मोहन राई, अविभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठ , जिल्ला स्थित विभिन्न विद्यालयका प्रमुख, शिक्षाविद्,पत्रकार तथा विद्यार्थीहरुको सहभागीता रहेको राईटपाथका धनकुटा शाखाका कार्यकारी निर्देशक नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
राईटपाथ करियर काउन्सेलिङले उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीलाई करियर काउन्सेलिङ गर्दै आइरहेको छ ।


