प्रयोग विहिन बन्दै झोलुङ्गे पुल

धनकुटा,२१ फागुन । नदि,खोला तर्नका लागि बनाइएका कतिपय झोलुङ्गे पुलहरु पछिल्लो समय प्रयोग विहिन बन्दै आएका छन् । कुनै समय अत्यावश्यकीय भई निर्माण गरिएका झोलुङ्गे पुलहरु पछिल्लो समय प्रयोग विहिन जस्तै बनेका हुन् ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ बाट तेह्रथुम जिल्ला जोड्ने तेलिया खोलाको कंशुवा पुल प्रयोग विहिन जस्तै छ सो पुलमा बार्षिक २ सय जनाले समेत ओहोर दोहोर गर्न मुस्किल रहेको छथरजोपाटी गाउँपालिका वडा न ४ का वडा सचिव शंकर प्रसाद ओझाले जानकारी दिनु भयो ।

बर्षै पहिले बनाइएको झोलुङ्गे पुल रंग रोकन समेत भएको छैन् हेरालु राख्ने भने विषयमा कुरा भए पनि अहिले सम्म त्यो कार्य समेत हुन नसकेको सचिव ओझाको भनाई छ । पछिल्लो समय सडक यातायतको बढ्दो प्रयोग र बसाई सराईका कारण कुनै समय लोकप्रिय बनेका यस्ता पुल प्रयोगमा आउन छोडेको स्थानियहरुको भनाई छ ।

त्यस्तै धनकुटा नगरपालिका बाट छथरजोपाटी गाउँपालिका ३ जोड्ने झोलुङ्गे पुल सम्म पुग्नका लागि समेत कठिनाई हुदाँ प्रयोग हुन छोडेको छ । कतिपय स्थानमा खोलाहरु समेत सुक्दै गएका कारण समेत पुल प्रयोग विहिन बन्दै गएका छन् । प्रयोगमा नआएप्छि लाखौँ खर्च गरी तयार पारिएका यस्ता पुल जिर्ण बन्दै गएका छन् भने अर्को तर्फ भौगोलिक कठिनाइ भएका स्थानहरुमा झोलुङ्गे पुलको माग बढिरहेको छ त्यसैले यसको उचित व्यवस्थापनका लागि संबन्धीत निकायको ध्यान जान जरुरी देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖