धनकुटाबाट १ सय ६ केजी गाँ’जा बरामद

धनकुटा, २१ फागुन । धनकुटाको साँगुरीगढी गाउँपालिका ८ बाट प्रहरीले १०६ किलोग्राम गाँ’जा बरामद गरेको छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा रोकिराखेको को १ ज १८११ नम्बरको पिकअप गाडीबाट उक्त परिणामको गाँ’जा बरामद गरेको प्रहरीले जनाएको छ ।

गाडी चालक भने फरार रहेको बताइएको छ । शनिबार फेला परेको उक्त गाँ’जा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्ने यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । गाडीका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

गाउँमा सौर्य ऊर्जाको विद्यत् सेवा
जुम्ला, २१ फागुन (रासस) :जुम्लाको तिला गाउँपालिका–७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमको आज उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भणडरीले भन्नुभयो, “गाउँमा सहजरुपमा बिजुली उत्पादन भएको छ ।”

आगामी दिनमा प्रत्येकको घरमा दाउराबाट नभइ विद्युतीय चुलोबाट खाना पकाउनका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गरिने विश्वास दिलाउँदै पूर्वमन्त्री भण्डारीले दीर्घकालीनरूपमा सेवा प्रवाह गरिने बताउनुभयो । स्थानीय सरकारको समन्वय र आफ्नो पहलमा ५० किलोवाट क्षमताकोसौर्य ऊर्जा सञ्चालनमा आएको पूर्व कानुनमन्त्री भण्डारीले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र तिला गाउँपालिकाको सहयोगमा सेवा विस्तार गरिएको हो । बिजुलीले गाउँ झिलीमिली भएपछि स्थानीयवासी हर्षित भएका छन् । वैकल्पिक केन्द्रको रु तीन करोड एक लाख ८८ हजार र पालिकाको रु ३० लाख साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।

विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोका भरमा थिए । अब बिजुली आएपछि सबै खुशी भएको पोखरी सौर्य ऊर्जा उपझोक्ता समितिका सचिव गोविन्द रोकायाले बताउनुभयो । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली भएपछि बिजुली बाल्ने धोको पूरा भएको उहाँले उल्लेख गर्नुभयो ।

सबै गरेर एक सय २० घरमा बिजुली बालिएको केन्द्रले जनाएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैनन् । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ । टीभी र वाइफाइ चलाउनसमेत सजिलो भएको पोखरी गाउँका स्थानीयवासी बताउँछन् ।

उत्पादन भएको बिजुलीबाट गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन पनि सञ्चालनमा आउन सहज हुने पोखरीवासी बताउँछन् । बिजुली बालेपछि स्थानीयवासीको मुहारमा खुशी देखिएको छ । दियालोको धूवाँका कारण स्थानीयमा श्वासप्रश्वाससम्बन्धि रोगले सताउने गरेको भए पनि बिजुली बल्दा त्यस्ता समस्या समाधान हुने स्थानीवासी धिरज रोकायाले विश्वास व्यक्त गर्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।