छथरजोरपाटीमा शिक्षक तथा कर्मचारीहरु बिच भलिवल प्रतियोगिता सुरु
धनकुटा,२३ फागुन । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा आज बाट धनकुटा जिल्लाका स्थानियतहमा रहेका सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारीहरु बिच भलिवल प्रतियोगिता सुरु भएको छ ।
गाउँपालिकाको शिक्षा शाखाको समन्वय तथा छथरजोरपाटी गाउँपालिका भित्र रहेका सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारी सहकार्यमा आज बाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा आयोजक पालिकाका २ टोली र अन्य ६ स्थानिय तहका ६ टोली विच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेलको उत्घाटन छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले गर्नु भएको थियो । प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष गिता गुरुङ्ग खेवा, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मोहन राई, शिक्षक संघ कोशी प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना विभिन्न विद्यालयका प्रध्यानाध्यापक शिक्षक कर्मचारी लगायतको उपस्थिती रहेको थियो प्रतियोगितामा स्वागत मन्तव्य गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमीले गर्नु भएको थियो । प्रतियोगिता भोली सम्म चल्ने छ ।




