फूलहरु हेर्दा मनमा शान्ति र आनन्द मिल्छ
शर्मिला राई,धनकुटा । धनकुटा नगरपालिका वडा नं १ निगाले राम मन्दिरछेउ निवासी गोपाल बहादुर मल्ल भन्नुहुन्छ फूलहरु हेर्दा मनमा शान्ति र आनन्द मिल्छ ।
मल्ल आफैंले टाढा टाढाबाट विभिन्न जातका फूलका विरुवाहरु खरिद गरेर ल्याई रोप्ने गर्नुभएको छ ।
त्यति मात्र होईन फूलको गोडमेल तथा स्याहर सुसार पनि उहाँ आफै गर्नुहुन्छ । मल्लका अनुसार यी फूल ईलामको पशुपती नगर,दार्जेलिङ लगायतका स्थानबाट ल्याईएका हुन् ।
उहाँले आफ्नो बगैंचा थाह पाएर कोही विरुवा किन्न आए विक्री पनि गर्ने गर्नुभएको छ । मल्लले भन्नुभयो ‘यी फूलहरु लगाउन थालेको धेरै भयो ।
करिब १ लाख जति त लगानी नै लागि सक्यो ।’ यसका लागि कुनै संघ संस्थाबाट अहिलेसम्म सहयोग नलिएको उहाँको भनाई छ ।









