जालपादेवी क्याम्पस स्ववियु निर्वाचनमा सहमति अनुसार उम्मेदवारी दर्ता,सभापतिमा निर्मला कार्की

धनकुटा । त्रिभुवन विश्वबिद्यालय(त्रिवि) अन्तर्गत आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि आज दिउंसो २ बजेसम्ममा समानुपातिक तथा प्रतक्ष्य तर्फको उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको थियो ।

जस अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका ४ मा अवस्थित जालपादेवी क्याम्पसमा सहमतिमा स्ववियु गठन हुने भएको छ । आज बसेको राजनैतिक दलहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

जस अनुसार नेकपा(एमाले) आवद्द अनेरास्ववियुले सभापति सहित कोषाध्यक्ष र १ सदस्य,नेपाली कांग्रेस आवद्द नेपाल बिद्यार्थी संगठनले उप सभापति सहित १ सदस्य र नेकपा(एमाओवादी) आवद्द अनेरास्ववियु(क्रान्तिकारी) ले सचिव र सहसचिव पाएका हुन् ।

बैठक लगत्तै सहमति अनुसार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । जस अनुसार सभापतिमा निर्मला कार्की, उप सभापतिमा दिपकला राई ,सचिव सुमित्रा तामाङ ,कोषाध्यक्ष चेतराज पौडेल र सदस्यद्वयमा सुस्मिता भट्टराई , निर्मला श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖