झण्डै सय किलो सुन बरामद

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद भएको छ। हङकङबाट मोटरसाइकल र स्कुटरका पार्टपुर्जाको स्वरूपमा नेपाल भित्र्याइएको सुन विमानस्थलबाट जाँचपास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार बरामद गरेको हो।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले प्रारम्भिक रूपमा ८० देखि एक सय किलोग्राम सुन बरामद भएको अनुमान गरिएको बताए। उनले भने, “विभिन्न सामग्रीसँग जोडेर र बेरेर ल्याएको हुनाले सुनको वास्तविक तौल निकाल्नुपर्ने हुन्छ। राष्ट्र बैङ्कमा पठाएपछि वास्तविक तौल यकिन हुन्छ। अहिले हाम्रो प्रारम्भिक अनुमानमा ८० देखि एक सय किलोग्राम छ।”

उनले बरामद भएको सुन बिहीबार नेपाल राष्ट्र बैङ्कमा बुझाउने बताए। महानिर्देशक ढुङ्गानाले एक आयातकर्ताले आफ्नो सामानमा सुन लुकाएर ल्याएको जानकारी दिदै हङकङबाट काठमाडौँ आएको क्याथे प्यासिफिकको मङ्गलबारको उडानबाट सुन भित्रिएको बताए। उनले भने, “विमानस्थलबाट शङ्कास्पद वस्तु आइरहेको र सुन तस्करी हुन्छ भन्ने सूचनाका आधारमा १० दिनअघि सुनकै तस्करी नियन्त्रणका लागि एउटा टोली बनाएर काम गरिरहेका थियौँ। आयातकर्ताले मोटरसाइकल र स्कुटरको ब्रेक सु भन्ने घोषणा गरेका सामानका रूपमा सुन भित्र्याएको पाइयो।”

महानिर्देशक ढुङ्गानाले बुधबार अनुसन्धानका क्रममा सुन नै भएको पुष्टि भएपछि बरामद गरिएको बताउँदै सुन ल्याउने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा भन्सार एजेन्टको काम गर्ने व्यक्ति, ट्याक्सी ड्राइभर र अरूको लाइसेन्समा भन्सार एजेन्ट भएर बिचौलियाको काम गर्ने राजेन्द्रकुमार राई रहेको विभागले जनाएको छ। गोरखापत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।