चार दिन देखि सम्पर्कविहीन आरुसी ,आखिर कहाँ गइन् ?

राजविराज, साउन ४। सप्तरीको महादेवा गाउँपालिका–१ पकरीकी १३ वर्षीया आरुसी ठाकुर घरबाट निस्केको चौथो दिनसम्म पनि फर्केकी छैनन् । सम्पर्कविहीन भएको चार दिन बितिसक्दा पनि उनको अवस्था अज्ञात छ ।

पकरीस्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनी आइतबार बिहान ८ बजेदेखि बेपत्ता छिन् । उनका बाबु भरत ठाकुरको पाँच वर्षअघि नै निधन भइसकेको छ । आमा जानकी भने वैदेशिक रोजगारीको सिलसिलामा हाल कुवेतमा छिन् ।

कुवेतबाटै उनले सञ्चारकर्मीलाई फोन गरेर छोरीको अवस्था पत्ता लगाउने कार्यमा पहल गरिदिन आग्रह गरेकी छन् । शनिबार राति ९ बजेतिर छोरीले बोक्ने ९८१४७७८५७० नम्बरको मोबाइलबाट अन्तिमपटक कुरा भएको र त्यसपछि स्विचअफ भएको उनले सुनाइन् ।

‘विद्यालयमा भोलिदेखि गर्मी बिदा छ, भोलि टोलकै दिदीहरूसँग जनकपुरस्थित भाटभटेनी घुम्ने योजना बनाएकी छु,’ भनी छोरीले भनेको तर, आफूले अनुमति नदिएको उनले सुनाइन् ।

‘नजिकैको बजार जाँदा त छोरीले फोन गरेर अनुमति मागेर मात्र जान्थी,’ जानकीले भनिन्, ‘मेरो कुरा कहिल्यै नकाट्ने छोरी अनुमतिबेगर त्यति टाढा जनकपुर जाने त कुरौ भएन ।’

आरुसी ठाकुर दाम्पतीकी एक्ली सन्तान हुन् । घरको आर्थिक अवस्था कमजोर भएको तथा श्रीमानको निधनपछि जीवनयापन गर्न धौधौ भएपछि बिदेसिनु परेको जानकीले सुनाइन् । छोरीको रेखदेख गर्ने कोही नभएकाले उनले आरुसीलाई हजुरबुबाको जिम्मा दिई केही समयअघि मात्र कुवेत पुगेकी थिइन् ।

हजुरबुबा प्रेम कुँवरले केही काम छ भन्दै आइतबार बिहान ८ बजेतिर निस्केकी आरुसी साँझ अबेरसम्म नफर्केपछि चिन्तामा डुबेको बताए । भोलिपल्ट एकाबिहान उठेर आरुसीका सहपाठी, छरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोजतलास गर्दा पनि फेला पार्न नसकेको उनको भनाइ छ ।

जनकपुर पनि नगएको र उनको सहपाठी तथा नजिकका आफन्त पर्ने सबै गाउँटोलमै रहेकाले छोरीको अपहरण भएको हुन सक्ने आमा जानकीले आशंका गरिन् । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।