नौ किलो सुन प्रकरणमा महरालाई उन्मुक्ति !

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन बेपत्ता पारिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिए पनि प्रहरीले एकपटक बयानसमेत नलिई उनलाई उन्मुक्ति दिएको छ। विदेशबाट तस्करीका लागि करिब नौ किलो सुन ल्याउने मुख्य मान्छे फेला परेपछि मात्रै बयान लिने भन्दै प्रहरीले राहुललाई उन्मुक्ति दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा विमानस्थल भन्सार कार्यालयले बरामद गरेको करिब नौ किलो सुन छाड्न र छाड्न नमिले लिलामी गर्न राहुल महराले दबाब दिएको उल्लेख छ। तर यस विषयमा उनीसँग सामान्य सोधपुछसमेत गरिएको छैन।

अनुसन्धान प्रतिवेदनमा महरालाई प्रतिवादीसमेत बनाइएको छैन। गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र सुन राखेर ल्याएका थिए। त्यतिबेल भन्सार विभागले ई–सिगरेटभित्र लुकाएर ल्याइएको सुन बरामद गरी चिनियाँ नागरिक लीलाई छाडिदिएको थियो। त्यसपछि उनी महरा बाबुछोराको सम्पर्कमा पुगेको ब्युरोको अनुसन्धानबाट पाइएको छ।

चिनियाँ नागरिक ली तीन दिनमै नेपालबाट फर्केका थिए। उनी तत्काल नेपाल आउने सम्भावना नभएको भन्दै प्रहरीले राहुलसँग सामान्य सोधपुछसमेत नगरेको हो। तस्करीका लागि ई–सिगरेटभित्र राखेर ल्याइएको करिब नौ किलो सुन नासु रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेतको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको थियो।

अनुसन्धान प्रतिवेदनमा महरालाई प्रतिवादीसमेत बनाइएको छैन। गत पुस १० गते फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) भित्र सुन राखेर ल्याएका थिए।

यस मामिलामा पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुल चिनियाँ अर्का नागरिक दाओजिन वाङ पनि जोडिएको स्रोतको दाबी छ। यस प्रकरणमा सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा राहुलले भन्सार विभागका अधिकृत र कर्मचारीलाई पटकपटक फोन गरी ई–सिगरेट आफ्नो व्यापारिक साथीको भएकाले छाडिदिन र छाड्न नमिल्ने भए लिलामी गर्न दबाब दिएका थिए। राहुलले सुन ल्याउने व्यक्तिकै हितमा उक्त दबाब दिएकाले उनी पनि यो प्रकरणमा मुछिएको देखिन्छ। तर प्रहरीले राहुलले गरेको टेलिफोनलाई सामान्यीकरण गरी उनलाई उन्मुक्ति दिएको स्रोतको दाबी छ।

सिआइबीले सरकारी वकिल कार्यालयलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोरा, सुन ल्याउने चिनियाँ नागरिक र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसमेत राखेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख कृष्णबहादुर र उनका छोरा राहुल सुन ल्याउने समूहसँग सम्पर्कमा रहेको देखिन्छ। सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल ९सिडिआर० बाट यस मामिलामा महारा बाबुछोरा जोडिएको पत्ता लगाएको थियो। यस प्रकरणमा उच्च राजनीतिक तह जोडिएपछि प्रहरी मौन बसेको हो। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।