किन घट्यो स्मार्ट फोनको माग ?

एजेन्सी । विश्वमा स्मार्ट फोनको मागमा उल्लेख्य गिरावट देखिएको छ । इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) को प्रारम्भिक आँकडा अनुसार चालु वर्ष सन् २०२३ को दोस्रो त्रैमासिक (अप्रिलदेखि ज’नसम्म) मा विश्वमा स्मार्ट फोनको बिक्रीमा गिरावट आएको हो ।

आइडिसीका अनुसार दोश्रो त्रैमासिकमा २६ करोड ५३ लाख गोटा स्मार्ट फोन विश्व बजारमा पठाइएको छ । यो भनेको गतवर्षको सोही अवधिको शिपमेन्ट भन्दा ७.८ प्रतिशतले कम हो ।

आईडीसीका अनुसार स्मार्ट फोन बजारमा गिरावट देखिएको यो लगातार आठौं त्रैमासिक हो । कमजोर माग, मुद्रा स्फीति, व्यापक आर्थिक अनिश्चितताका साथै अतिरिक्त भण्डारणका लगायतका कारण विश्वको स्मार्ट फोन बजार कमजोर बन्दै गएको छ ।

यद्यपि गिरावटको दर अघिल्लो त्रैमासिक अवधिको भन्दा कम रहेको हुँदा केही आशा गर्ने ठाउँ रहेको पनि आईडीसीको भनाइ छ ।

रिपोर्ट अनुसार एसिया (जापान तथा चीन बाहेक), अमेरिका तथा युरोप, मध्यपूर्व तथा अफ्रिका लगायतका स्मार्ट फोनको ठूलो बजारका रुपमा रहेका क्षेत्रहरुमा स्मार्ट फोनको शिपमेन्ट क्रमशः ५.९ प्रतिशत, १९.१ प्रतिशत र ३.१ प्रतिशतले घटेको छ ।

आईडीसीको मोबिलिटी तथा कन्जुमर डिभाइस ट्रयाकर्सकी अनुसन्धान निर्देशक नबिला पोपलका अनुसार तेस्रो त्रैमासिक अवधिमा स्मार्ट फोन बजारमा सुधार आउने अपेक्षा छ। साथै सन् २०२३ को अन्त्य तथा २०२४ को सुरुवात सम्ममा विशवको स्मार्ट फोन बजार पूरानो ससक्त अवस्थामा फर्किनेछ ।

चीनमा यसअघिका पाँचवटा त्रैमासिकमा स्मार्ट फोन बिक्रीको दरमा दोहोरो अंकको गिरावट रहेकोमा दोस्रो त्रैमासिकमा गिरावट दर केवल २.१ प्रतिशत कायम भएको छ ।

आईडीसीको मोबाइल फोन विभागका अनुसन्धान निर्देशक एन्थोनी स्कार्सेलाका अनुसार सन् २०२३ को पहिलो अर्धवार्षिकले बजारमा विभिन्न चुनौती पेस गरेको भए पनि दोस्रो त्रैमासिकले भने धेरै अवसरहरु पर्खिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।