स्मार्टफोन बारम्बार चार्ज गर्ने लत छ ? तुरुन्तै त्याग्नुहोस्

काठमाडौँ । स्मार्टफोन बारम्बार चार्ज गर्नु पनि एउटा लत हो । धेरै स्मार्टफोन प्रयोगकर्ताहरूले ब्याट्री ५ वा १० प्रतिशत घट्ने बित्तिकै आफ्नो स्मार्टफोनलाई चार्ज गर्न लगाउँछन्। यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने होसियार हुनुपर्छ । किनकी तपाईंको यो लतले तपाईंको स्मार्टफोनको ब्याट्री बिगार्छ ।

स्मार्टफोनलाई बारम्बार चार्ज गर्ने बानीको कारणले गर्दा प्रयोगकर्ताले आफ्नो फोन चार्ज गर्नका लागि जहाँसुकै राख्छन् । यस्तो अवस्थामा धेरै पटक प्रयोगकर्ताहरूले सार्वजनिक स्थानमा समेत आफ्नो स्मार्टफोन चार्ज गर्न थाल्छन्। जुन तपाईंको डाटा र गोपनीयता को लागि पनि धेरै हानिकारक साबित हुन सक्छ।

यदि तपाईंले बारम्बार मोबाइल चार्जमा राख्नुहुन्छ भने तपाईंको स्मार्टफोनको ब्याट्री छिट्टै बिग्रन सक्छ । स्मार्टफोनको ब्याट्री ५० प्रतिशतभन्दा बढी सकिएपछि मात्र चार्जिङमा राख्नुपर्छ ।

स्मार्टफोन बारम्बार चार्ज गर्ने बानीको कारण, धेरै पटक हामी सार्वजनिक स्थानहरूमा हाम्रो फोन चार्ज गर्न थाल्छौँ । यी ठाउँमा चार्ज गर्ने क्रममा तपाईंको स्मार्टफोनबाट डाटा चोरी हुन सक्छ ।

यस कारणले प्रविधि विशेषज्ञहरूले स्मार्टफोनलाई बारम्बार चार्ज नगर्न सल्लाह दिन्छन् । सार्वजनिक स्थानमा पनि फोन चार्ज गर्न नहुने उनीहरूको सुझाव छ । यदि तपाई यसो गर्नुहुन्छ भने आजैबाट आफ्नो बानी बदल्नुपर्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖