पुरानो वा बिग्रिएको इयरफोनसँग नयाँ इयरबड साट्न सकिने !

काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा एक्सचेञ्ज मेला’ आयोजना गर्ने भएको छ । २६ र २७ साउनमा हुने उक्त मेलामा प्रयोगकर्ताले आफ्नो जस्तोसुकै अवस्थाको इयरफोन वा इयरबड ११९९ रुपैयाँ तिरेर अल्टिमाको ‘एटम ८२०’ सँग एक्सचेन्ज गर्न पाउनेछन् ।

यसका लागि एक्सचेञ्ज गर्ने हेडफोन तथा इयरफोन नयाँ वा पुरानो जस्तोसुकै अवस्थाको भए पनि हुने कम्पनीले जनाएको छ । अल्टिमा लाइफस्टाइलले यस्तो मेला नेपालमा पहिलो पटक आयोजना गर्न लागेकाे हाे ।

काठमाडौं सुन्धारामा रहेको सिभिल मल (पहिलो तला) र न्युरोडमा रहेको हुकुट स्टोर (ग्राउन्ड फ्लोर)मा गएर एक्सचेञ्ज गर्न सकिनेछ ।

सिभिल मलमा एक्सचेञ्ज अफर २६ र २७ गते बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म र हुकुट स्टोरमा बिहान ८ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । यो एक्सचेन्ज अफर ‘फर्स्ट कम फर्स्ट सर्भ’ (जो पहिले आउँछ उसैलाई दिने) बेसिसमा भएकाले छिटो जाने ग्राहकले मात्र पाउने कम्पनीले जनाएकाे छ ।

कस्तो छ एक्सचेन्ज अफरमा दिइने एटम ८२० ?

अल्टिमाको एटम ८२० कम्पनीले छिट्टै सार्वजनिक गर्न लागेको इयरबड हो । ब्लुटुथ भर्सन ५.३ मा आधारित यो इयरबडले १० मिटरसम्मको ब्लुटुथ रेञ्ज रहेको छ ।

इयरबडमा आउने केसमा ३५० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने इयरबड्समा ३५/३५ एमएएच क्षमताको ब्याट्री राखिएको छ । यसले १० मिनेटको चार्जमा १५० मिनेटको प्लेब्याक दिने कम्पनीको दाबी छ ।

आईपीएक्स फाइभ रेटिङ भएको यो इयरबडले गुगल र सिरि भ्वाइस असिस्टेन्ट सपोर्ट गर्ने कम्पनीको भनाइ छ । याे इयरबडकाे मूल्य २९ सय ९९ रूपैयाँ रहने बताइएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।