चन्द्र भण्डारी भन्छन्– नेपालमा सबै कम्युनिस्ट मिले कांग्रेसलाई समस्या पर्छ

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले नेपालको राजनीतिमा कम्युनिस्ट एकता भए कांग्रेसलाई समस्या हुने बताएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा उनले कम्युनिस्ट एकताको विषयमा धारणा राखेका हुन् ।

“नेपालको अवस्थामा सबै कम्युनिस्ट दल मिले भने कांग्रेसलाई अप्ठ्यारो पर्छ,” भण्डारीको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरिएकामा उनले आपत्ति समेत जनाए । उनले लाइभमा एकार्काको कमजोरी अरू पार्टीले देखेको र उनीहरूले फाइदा उठाउन सक्ने उनको भनाइ थियो ।

“केन्द्रीय समिति बैठक लाइभ गरेकोमा मेरो असन्तुष्टि छ, मलाई चित्तबुझ्दो लागेन,” भण्डारीको भनाइ उद्धृत गर्दै ती सांसदले भने, “यो राम्रो भएन, एकार्काको कमी–कमजोरी अरू पार्टीलाई देखाएर कतै फाइदा भएन ।”

उनले नयाँ उदाएका दलहरू पनि कांग्रेसका लागि चुनौती भएको धारणा राखेको ती सांसदले बताए ।

“नयाँ पार्टीहरू आएका छन्, अब हामीले पनि नवीन र फरक ढंगबाट सोच्नुपर्छ । पार्टीले दिने अवसरमा योग्य मानिसहरूलाई प्रोमोट गनुपर्छ,” उनले बैठकमा भने ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖