शर्माले संसदमा फेरि भने : गृहमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौँ – कांग्रेस सांसद सुनील शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा फेरि मागेका छन्।सोमबार सदनमा बोल्दै आफूलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने दोहोर्‍याएका हुन्। सुन प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे बोलेकै कारण आफूलाई पक्राउ गरिएको उनको आरोप थियो।

शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको संज्ञा दिँदै तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरे।‘यो राज्य सत्ताले सुन तस्करको राजीनामा मागेपछि मलाई गिरफ्तारी गर्यो, शर्माले संसदमा भने, ‘यो देशका प्रधानमन्त्री र गृहमन्त्री लोकतान्त्रिक सरकार सञ्चालन गरिरनुभएको छ? सदनमा राजीनामा पनि माग्न पाइँदैन भने जनताको अवस्था के होला? अहिलेका गृहमन्त्रीले राजीनामा दिनुपर्छ। मेरो पुरानो स्ट्याण्ड कायम छ। उहाँले क्षमा याचना गर्नुहुन्न भने, अनशन बस्छु।’

शर्माको भनाइप्रति माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए। सत्ता पक्षकै सांसदहरुबीच सदनमा आरोप प्रत्यारोप चल्यो। पाण्डेले प्रधानमन्त्रीलाई आतंककारी भनेको प्रति नियमआपत्ति जनाए। उनले भने, ‘एउटा मान्यले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ? यो रेकर्डबाट हटाइयोस्। यस्ता कुरा कुरा राख्न पाइँदैन।’

सुन प्रकरणबारे छानबिन गर्न माग गरिरहेको विपक्षी एमाले नाराबाजी गरेपछि सोमबार पनि सदन अवरोध भएको छ। संसद भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।