धनकुटालाई संमृद्ध बनाउने आधार : साततले गुफा
जीवनप्रसाद राई । संसार ब्यापी दुई प्रकारको पर्यटन क्षेत्र हुने गरेको छ , प्रकृति निर्मित र मानव निर्मित । हामीकहाँ प्रकृतिले निर्माण गरिदिएको पर्यटन क्षेत्रहरु धेरै छन । बडेमाको पर्यटक भित्राउन र तान्न सक्ने पर्यटकीय क्षेत्रहरुको खोज, अनुसन्धान, सार्थक लगानी र प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिन्छ ।

(जीवनप्रसाद राई
)
धनकुटा जिल्ला वडा नम्बर १ ओक्मालुङमा अवस्थित साततले लुङधाङ गुफा तथा त्यहाँ रहेको झरना त्यसै मध्येको एक हो । धनकुटा नगरपालिकालाई मात्रै होईन सिंगो धनकुटालाई नै संमृद्ध र बिसकित बनाउन ल्याकत राख्ने यो क्षेत्रमा जुन रुपमा पर्यटकीय गतिबिधि हुनपर्ने थियो त्यो भईरहेको देखिन्दैन । यसलाई थोरै मात्रै होस्टेमा हैसे गरेपनि धनकुटाबासीहरुले धेरै फाईदा लिन सक्ने देखिन्छ । समुद्र सतह देखि १४०० मिटरमा अवस्थित यो क्षेत्रमा बेसी तथा लेकाली वनस्पति दुवैको प्रतिनिधित्व गरेको छ । यहाँ सयौ प्रकारका जडिबुटीहरु समेत रहेको छ । जसको अनुसन्धान, संरक्षण र प्रबर्धन गरिनुपर्ने देखिन्छ । यो क्षेत्रले कसरी पर्यटक ल्याउन सक्दछ भन्ने बिषयमा कुरा गरौ ।
कस्तो छ त यो ठाँउ:
प्रकृतिले यति सुन्दर र फुर्सादमा बनाईदिएको यस्तो ठाँउ अन्यत्र सायदै होला । यो ठाँउमा गुफा भित्रै हिड्न सकिने ठाँउहरु रहेका छन र त्यो गुफामा चमेरोको बास ज्यादै लोभलाग्दो छ । यो ठाँउमा बाह्रै महिना सदाबहार हरियो रहने खालका वनस्पतिहरुको उपस्थिति अर्को आकर्षण हो । पानीको प्रसस्त्रै उपलब्ध भएको र यहाँ रहेको झरनाले पर्यटकहरुलाई लोभ्याउन सक्दछ । किन्वदन्तीमा भनिएको छ । यहाँ सगरमाथाको हावा आईपुग्छ । गुफाको एक छेउबाट बहने हावा जुन गर्मीमा चिसो र बर्षादमा तातो बग्दछ यसले यहाँ भ्रमण गर्ने मानिसहरुलाई अर्को रहस्मय प्रकृतिको बरदान हेर्न र देख्न पाउनेछन । समग्रमा यहाँको ठाँउलाई जैबिक बिबिधता, पर्य पर्यवरण तथा बन पर्यटनको रुपमा बिकास गर्न सकिने संभावना रहेको छ । धर्ममा आस्था राख्ने मानिसहरु त यहाँ एकपटक नघुमे स्वर्गमा जान सकिन्दैन । प्रत्येक धार्मिक मानिसहरुलाई यो बिषयलाई प्रचार गरिदिउ । प्रकृतिले आफ्ना सबै शक्ति लगाई बनाईदिएको यो ठाँउमा मानवले लगानी लगाउनुपर्ने देखिन्छ ।

निर्माण गरिएको संरचनाहरु :
हिले बजारबाट ४ किलोमिटर ओरालोमा यो ठाँउ अवस्थित छ । यहाँसम्म जानका लागि दुईवटा झोलुङ्गे पुलको निर्माण भएको छ । झरना सम्म पुग्नका लागि सिमेन्टेट बाटो निर्माण गरिएको छ । सार्बजनिक शौचालयहरु दुई ठाँउमा बनाईएको छ । पौडी खेल्नका लागि पौडी पोखरीको समेत निर्माण गरिएको छ । बनभोज खाने ठाँउ र पौडी खेलीसकेपछि चेन्जिङ रुमको समेत निर्माण गरिएको छ । पर्यटकहरु आउनका लागि सामान्यत चाहिने आवश्यक निर्माणहरु सम्पन्न गरिएको देखिन्छ । यसलाई क्रमिक सुधार गरेर लैजानुपर्ने हुन्छ ।
लगानीका लागि बिश्वास र वातावरण तयारी गरिनुपर्ने :
यो क्षेत्रमा लगानीको लागि सयौ योजनाहरु अघि सार्न सकिन्छ । सरकार, नीजक्षेत्र र दातृ निकाय बीचको साझेदारी वा बढी मात्रामा नीजिक्षेत्रले चासो राखेमा यहाँ कमाउने, रमाउने र पैसा समाउने धेरै लगानी योजनाहरु पेश गर्न सकिन्छ । यहाँ जिपलाईन, बन्जि जम्प, स्वीमिङ पुल, गार्डेन, पार्क, फार्मस्टे, होमस्टे, सुचना केन्द्र, पुस्तकालय, सपिङ सेन्टर, साँस्कृतिक संग्रहालय, मनोरन्जन दिने अण्डरवाटर वल्र्ड, खाजा घर आदिमा लगानी गर्न सकिन्छ । निश्चय नै यहाँ बाहिरको लगानी भित्राउन नसक्दा सम्म पर्यटकहरु ल्याउन सक्ने संभावना न्युन नै रहन्छ । बाहिरी लगानी ल्याउनका लागि स्थानीय सरकार र यहाँका पर्यटन ब्यवसायीहरुको महत्वपुर्ण भुमिका हुनुपर्दछ । मुख्यत ः बाहिरी लगानीका लागि सुरक्षाको ग्यारेण्टी सबैभन्दा पहिलो शर्त हो । यसलाई स्थानीय सरकारले प्रत्यभुत गरिदिन सकेमा लगानी आउन सक्ने संभावना बलियो छ ।
अबको प्राथमिकता :
यो क्षेत्रमा केही पर्यटकहरु आउन थालिसकेका छन । निर्माण बाँकी भएको बाटोलाई यथासक्दो निर्माण गरि थप बनभोज खाने ठाँउहरुको निर्माण गरिनुपर्ने देखिन्छ । यहाँसम्म जान र आउनका लागि स्थानीय सरकारले गाडी तथा टेम्पो भाडाहरु सर्बपक्षिय छलफल गरि सहुलियतपुर्ण तोकिदिनु पर्दछ । यसका साथै ओक्मालुङमा गाडीहरु पार्क गर्ने बसपार्क समेत निर्माण गरिनुपर्दछ । राम्रोसंगले बाईक चलाउन जान्ने वा स्कुटी चलाउन जान्ने नागरिकहरुलाई पर्यटकहरुलाई भाडामा ल्याउने, लाने र घुमाउने खालको वातावरण बनाउनु पर्दछ । पर्यटकलाई सेवा दिने सवारी साधानहरुको ठाँउ ठाँउमा भाडादर सहित फोन नम्बरहरु राखिनुपर्दछ । प्रत्येक होटल, रेष्टुरेण्ट, होमस्टे, फार्मस्टे, खाजाघर र सरकारी, गैर सरकारी कार्यालय आसपासमा सुचनाबोर्डहरु राखेर पर्यटकहरुलाई सुचना पस्काउन सकिन्छ ।

कस्ले के गर्ने ?
स्थानीय सरकारले यसक्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर लगानी भित्राउने र पर्यटक भित्राउने वातावरण तयार पारिनु पर्दछ । केही ईच्छा र चासो देखाउने वा सानातिना लगानी गर्न सक्ने ब्यक्तिहरुले सबैभन्दा पहिला यहाँ ट्राभल एजेन्सी आवश्यक रहेको देखिन्छ । सके यहाँकै ट्राभलमा लगानी नसके अन्यत्रको शाखा कार्यालय खोल्न लगाएर पनि यो काम गर्नुपर्ने देखिन्छ । त्यही एजेन्सीको माध्यबाट यहाँ बाहिरको पर्यटकहरुलाई भित्राउन सकिन्छ । होटल, रेष्टुरेण्ट, खाजाघर, होमस्टे, फार्मस्टे संचालकहरुले यहाँको सबै सुचनाहरु सार्बजनिक क्षेत्रमा देखिने गरि राखेर प्रचार प्रसारमा सहयोग गर्ने तथा संभव भए सम्म यो गुफा सम्म जानका लागि आवश्यक सर सहयोग वा प्याकेजहरुको निर्माण गरिदिनु पर्ने हुन्छ । यातायातको क्षेत्रमा लगानी गरिरहेका लगानीकर्ताहरुलाई थप प्रोत्साहन दिएर अरु सुबिधा सम्पन्न गाडीहरु थप्ने, वाईक वा स्कुटीहरुले समेत काठमाण्डौमा पठाओ भन्ने एप्स जस्तै यहाँ पनि त्यसप्रकारका सुबिधाहरु दिन थाल्ने र यो कार्य तत्कालै गरिहाल्नु पर्दछ । स्थानीय ओक्मालुङबासीहरुको हकमा यहाँको स्थानीय रैथाने परिकार पस्काउने देखि खाने, बस्नेको राम्रो संग प्रबन्ध गर्नुपर्ने हुन्छ । आफु बस्नकै लागि निर्माण गरिएको घरहरुमै थोरै स्थानीय कच्चा बस्तुमा आधारित लगानी गरिनु पर्दछ । वडाले यहाँको संभावना बिषयमा एकदिने कार्यशाला गोष्ठी राख्दा ज्यादै फलदायी हुन्छ तर त्यसमा सर्बजन हिताय सोच्ने मानिसहरु बोलाईनु पर्दछ ।
जय धनकुटा नगरपालिका ,जय पर्यटन ।
(लेखक बिगत ३४ बर्ष देखि कृषि र पर्यटनको क्षेत्रमा अनवरत रुपमा दौडिरहेका ब्यक्ति हुन।- सम्पादक)









