यी हुन् कडा डेंगीका लक्षण, कस्तो अवस्थामा बिरामीको मृत्यु हुनसक्छ ?

काठमाडौं । पछिल्लो दुई महिनायता नेपालमा डेंगी संक्रमण प्रकोपको रूपमा फैलिइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जुलाई र अगष्ट महिनामा मात्रै १४ हजार ४९३ जना संक्रमित थपिएका छन् । दुई महिनामा डेंगीबाट १२ जनाको मृत्यु भएको छ ।

डेंगी सार्ने एडिस एजिप्टी जातको पोथी लामखुट्टे बिहान घाम उदाएको दुई घण्टापछिसम्म र साँझ घाम अस्ताउनुभन्दा दुई घण्टाअघि बढी सक्रिय हुन्छ ।

यो समयमा लामखुट्टेको टोकाइबाट बच्नु डेंगी हुन नदिने प्रमुख उपाय हो । यदि संक्रमण भइहालेमा पनि ८० प्रतिशत व्यक्तिहरूमा सामान्य लक्षण देखिने तथा लक्षण नै नदेखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
उच्च (१०४ डिग्री फरेनहाइटसम्म) ज्वरो आउनु, अत्याधिक टाउको दुखाइ हुनु, जोर्नी लगायत शरीरका विभिन्न भागहरू अधिक दुख्नु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु, तथा छालामा रातो डाबर देखापर्नु डेंगीका आम लक्षण हुन् ।

वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यस्ता लक्षण भएका संक्रमित साधारणतया सातदिनभित्र निको हुन्छन् ।

उनका अनुसार कुनैपनि संक्रमणमा व्यक्तिको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनीहरूलाई अन्य संक्रमण हुनसक्ने सम्भावना पनि रहन्छ, यसलाई ‘कोइन्फेक्सन’ भनिन्छ । यदि दोहोरो संक्रमण भए बिरामीको अवस्था जटिल पनि हुनसक्छ ।

बाँकी २० प्रतिशतमध्ये पनि एक प्रतिशत संक्रमितलाई मात्रै कडा लक्षण देखिन्छ, जसलाई ‘सिभियर डेंगी’ भनिन्छ । सिभियर डेंगी संक्रमितको तत्काल उपचार नभए मृत्यु समेत हुनसक्छ ।

कडा डेंगी संक्रमित भएकाहरूमा शरीरको अत्याधिक दुखाई हुने भएकाले कतिपय बिरामीले पेन किलर खाने गरेको पइन्छ । तर फ्लेक्सोन, ब्रुसिट लगायतका दुखाइ कम गर्ने औषधिले आन्तरिक र बाह्य रक्तश्राव गराउनसक्ने डा. पुन बताउँछन् ।

यस्ता औषधिको प्रयोगले नाक, गिजा, आँखा वा पेटभित्र विभिन्न भागमा रक्तश्राव गराई बिरामीमा जटिलता पनि निम्त्याउनसक्छ । त्यसैले डेंगी संक्रमण हुँदा पेन किलर नखान, झोलिलो खानेकुराहरू बारम्बार खान र जीवनजल पानी धरै पिउन डा. पुन सुझाव दिन्छन् ।

यी हुन् सिभियर डेंगीका लक्षणहरू
– पेटको अत्याधिक दुखाइ
– निरन्तर वान्ता हुनु
– श्वासप्रश्वासमा समस्या आउनु
– नाक तथा गिजाबाट रक्तश्राव हुनु
– बिरामी अति कमजोर हुन
– कलेजो सुन्निनु
– दिसा वा वान्ता गर्दा रगत आउनु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।