चन्द्रयान-३ को अवतरणमा समस्या भए यस्तो छ प्लान बी

काठमाडौं । चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न केही घण्टा मात्रै बाँकी छ तर त्यसअघि इसरोका एक वरिष्ठ वैज्ञानिकले परिस्थिति अनुकूल भएमा मात्र अवतरण गर्ने, अन्यथा नयाँ प्रयास गरिने बताएका छन् ।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै इसरोका वैज्ञानिक नीलेश एम देसाईले भने, ‘चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्नुभन्दा दुई घण्टाअघि हामी ल्यान्डर मोड्युलको स्वास्थ्य र चन्द्रमाको अवस्था हेरेर निर्णय गर्नेछौं। हामीलाई कुनै परिस्थिति प्रतिकूल लागेमा २३ अगस्टमा अवतरण गर्नुको सट्टा २७ अगस्टमा अवतरण गर्ने नयाँ प्रयास गर्नेछौं ।

तर, कार्यक्रमअनुसार मिसनको विक्रम ल्यान्डर मोड्युल चन्द्रमाको सतहसम्म पुग्ने वैज्ञानिकले विश्वास व्यक्त गरे । तर यदि घटनास्थलमा परिस्थितिमा परिवर्तन भयो भने स्पेस सेन्टरले अवतरण रोक्नेछ।

तालिका अनुसार २३ अगस्टको साँझ ५ बजेपछि इसरोले चन्द्रयान–३ को ल्यान्डर मोड्युललाई चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्ने तयारी गरिरहेको छ । ४० दिनको लामो यात्रापछि चन्द्रयान–३ को ल्यान्डर सतहमा अवतरण गर्ने तयारीमा छ । तर यसको सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया अवतरण हो, जुन धेरै नाजुक र जटिल छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖