तीन पटकका डब्लुडब्लुइ च्याम्पियन ब्रे व्याटको ३६ वर्षको उमेरमा निधन

काठमाडौं । तीन पटकका डब्लुडब्लुइ विश्व च्याम्पियन ब्रे व्याटको ३६ वर्षको उमेरमा निधन भएको छ ।

उनी फेब्रुअरीदेखि नै रिंगबाट बाहिर थिए । उनले अज्ञात स्वास्थ्य समस्याको सामना गरिरहेका थिए । तर उनको मृत्युलाई उनको परिवारले अचानक भएको घटनाको रूपमा चित्रण गरेको छ।

डब्लुडब्लुइ कन्टेन्ट अफिसर ट्रिपल एचले यो खबर घोषणा गरेका हुन् । उनले सोशल मिडियामा पोस्ट गरेर भनेका छन् ‘व्याट, वास्तविक नाम विन्डहम रोटुन्डा, को अप्रत्याशित रूपमा निधन भएको छ ।’

व्याट पहलवानहरूको परिवारबाट आएका थिए, जसमा उनका हजुरबुबा ब्ल्याकज्याक मुलिगन, उनका बुबा माइक रोटुन्डा र कान्छो भाइ बो डलास थिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।