स्पेनलाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षण स्टाफले दिए राजीनामा

काठमाडौं । मुख्य प्रशिक्षक जर्ज भिल्डाबाहेक स्पेनलाई महिला विश्वकपको उपाधि जिताएका सबै प्रशिक्षण स्टाफले राजीनामा दिएका छन् ।

विश्वकपको उपाधिपछि खेलाडीलाई चुम्बन गरेको कारण स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेसलेबारे चर्को विवाद भइरहँदा विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाएका सहायक प्रशिक्षकहरु मोन्ट्से टोम, हेभियर लेर्ज र एगेनियो गोन्जालेज मार्टिनेजसँगै फिजियो ब्लान्का रोमेरो मोरालिडा र गोलकिपर प्रशिक्षक कार्लोस सान्जेचले पदबाट राजीनामा दिएका हुन् ।

यस्तै, विभिन्न उमेर समूहका राष्ट्रिय टिममा रहेका अन्य ६ अफिसियलहरुले पनि राजीनामा दिएका छन् ।

विश्वकपको उपाधिपछि पुरस्कार वितरण समारोहमा फरवार्ड जेनी हर्मोसोको ओठमा चुम्बन गरेका कारण स्पेनिस फुटबल महासंघले अध्यक्ष रुबिलेसलाई शनिबार निलम्बन गरेको छ ।

“स्पेनिस फुटबल संघका अध्यक्षले देखाएको आचरणको दृढतापूर्वक निन्दा गर्दछौँ । अध्यक्षको अस्वीकार्य मनोवृत्ति र भनाइलाई ध्यानमा राख्दै हामीले आफ्नो कर्तव्यबाट मुक्त हुने निर्णय गरेका छौँ,” राजीनामा दिएका अफिसियलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फाइनलमा हर्मोसोलाई गरेको चुम्बनले विवादमा तानिएपछि फिफाको अनुसन्धान कमिटीले समेत अध्यक्ष रुबिलेसलाई ९० दिनका लागि अन्तर्राष्ट्रिय क्रियाकलापबाट निलम्बन गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖