ब्लड प्रेसर हाई र लो को लक्षण कसरी पत्ता लगाउने ? यस्तो छ डाक्टर ओममूर्ति अनिलको सुझाव

डा. ओममूर्ति अनिल
ब्लड प्रेसर हाई र लो को कारणले धेरै मानिसहरुलाई सताईरहेको छ । कतिपय मानिसहरुलाई औषधि सेवन गर्दा पनि केहि हदसम्म ठिक भएको हुदैँन । यस्तो अवस्थामा आफुलाई कस्तो लक्षण कस्तो बेलामा देखिएको छ भन्ने कुरा थाहा हुन जरुरी हुन्छ । ब्लड प्रेसर लो प्रायजसो आराम गरेको बेला वा घरमै रहेको बेलामा हुने गर्दछ । ब्लड प्रेसर हाई हिडिरहेको बेलामा वा कुनैपनि काम गरिरहेको बेलामा हुने गर्दछ ।

यदि घरमा ब्लड प्रेसर लो को लक्षण देखिएको छ भने अस्पतालमा हाई पनि देखाउन सक्छ । यस्तो बेलामा डक्टरले औषधिको मात्रा बढाउछन् र पछि झन् लो हुने समस्या देखिन्छ । यस्तो बेलामा औषधिको मात्रा कम गराउनु पर्छ । आफुलाई प्रेसर लो छ वा हाई छ, यसको लक्षणहरु कस्तो देखिएको छ भन्ने कुराको जानकारी हुन जरुरी हुन्छ । डाक्टर ओम मूर्ति अनिलका अनुसार ब्लड प्रेसर हाई र लो का लक्षणहरु निम्न रहेका छन् ।

ब्लड प्रेसर हाईको लक्षणहरु

टाउकोको कुनैपनि भाग दुख्ने वा टाउको भारी हुने
धेरै रिस उठ्ने
हिडिरहेको बेलामा रिंगटा लाग्ने
थोरै हिड्दापनि मुटु ढुकढुक हुनु
स्वाँ स्वाँ हुनु
छातीमा असजिलो हुनु
ब्लड प्रेसर लो को लक्षणहरु

शरीरमा पानी कम भएमा, व्रत बसेको बेलामा र गर्मीको समयमा पानीको मात्रा कम हुन्छ । यस्तो अवस्थामा बसेर उठ्दा दिमागमा रगत पुगेन भने बेहोस हुने गर्दछ । केहिबेरमै होस आउने गर्दछ । बेहोर भएको बेला बिरामीलाई बसाल्नाले फेरी बेहोस हुनसक्छ । त्यसैले बिरामीलाई एकछिन भुईमा सुताउने र चिसो पानि बिरामीको शरीरमा लगाइदिने । अलि ठिक भएपछि हल्का उठाउने र देब्रेतर्फ फर्काइ पानि पिउन दिने । ब्लड प्रेसर लो को लक्षणहरुमा,

थकाई लाग्नु
अल्छिपन बढ्नु
बसेर एक्कासी उठ्दा रिंगटा लाग्नु
शरीरमा एनर्जी नहुनु
हिड्न मन नलाग्नु
बसेर अचानक उठ्दा दिमाग र मुटुमा रक्त सञ्चार नभएर मुटु ढुकढुक हुनु

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖