धनकुटामा संचालित वृहत नि:शुल्क स्वास्थ्य शिविरको तेस्रो दिन ५० जनाको शल्यक्रिया
धनकुटा । धनकुटामा अस्पतालमा संचालन भइरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको तेस्रो दिन जटिल तथा समान्य गरी ५० जनाको शल्यक्रिया गरिएको छ ।
पहुँच विहिन, गरिव तथा असाहयहरुलाईका लागि धनकुटा अस्पतालमा जारी नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सामान्य २०, जटिल १२ र पायल्स को १६ जना गरी जम्मा ५० जनाको तेस्रो दिन शल्यक्रिया गरिएको र ४४ जनाको दातका उपचार गरिएको शल्यक्रिया शिविर मुल सचिवालय सदस्य विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
अलोहा मेडिकल मिशन अमेरिकाबाट आएका टिम लिडरहरु डा.क्लेम्प क्रिष्टोफर, डा। विकास गुप्ता,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जना सहित काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले शल्यकिक्रया स्वास्थ्य शिविर पितको पत्थरी,पाठेघर,हर्निया,हाइड्रोशिल,पायल्य,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार सम्बन्धि सेवा दिईरहेको शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।
स्वास्थ्य शिविर धनकुटा मुल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतमा भएको तेस्रो दिनको समिक्षा कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल,भीमदल गणका गणपती कर्णेल सुमन थापा, सचिवालय सदस्य विष्णु माया कन्दङ्गवा,प्रचार प्रसार समितिका संयोजक नगेन्द्र राई स्वयम् सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान,सचिवालय समितिका संयोजक रत्न दर्लामी, आयोजक समितिका सदस्य पुरेन्द्रलाल श्रेष्ठ, दवेन्द्र प्रधान,डाक्टर अमित भण्डारी लगायतले शिविरलाई अझ व्यवस्थित गर्न सवैको सहयोग आवाश्यक रहेको वताए ।
धनकुटा जिल्ला पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ,सहिदभूमी गाउपालिकाका अध्यक्ष मनोज राई,संविधान सभा सदस्य श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी पौडेल,कर्णेल थापा लगायतको टोलीले वृहत नि:शुल्क शल्यक्रिया स्वास्थ्य शिविरको अनुगमन गरेका थिए ।


