धनकुटामा संचालित बृहत नि:शुल्क स्वास्थ्य शिविरको दशौ दिन ७३ जनाको शल्यक्रिया

धनकुटा । धनकुटामा अस्पतालमा संचालन भइरहेको नि:शुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविरको आज १० औ दिन ७३ जनाको शल्यक्रिया भएको छ ।

अलहोवा मेडिकल मिसिन अमेरिकाबा आउनु भएको टिम लिडरहरु डा. विकास गुप्ता, डा.क्लेम्प क्रिष्टोफर,डा.ब्राल्डी वाङ्ग लगायतका ४१ जनको स्वास्थ्यकर्मीहरुको टोली र काठमाण्डौ र धनकुटाका स्वास्थ्यकर्मीहरुले उक्त वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविर पितको पत्थरी,पाठेघर,हर्निया,हाइडोशिल,पायन्स,थाईराड ,गाठा गुठीको शल्यक्रिया र दातको उपचार गरिरहनु भएको मुल आयोजक सचिवालय समितिका विजय सन्तेषी राईले ताउनु भयो ।

निशुलक वृहत शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका सह संयोजक तथा सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधानको अध्यक्षतमा सम्पन्न भएको समिक्षा कार्यक्रममा भीमदल गणका मेजर राज कुमार पुन,सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका प्रहरी निरिक्षक सुरज केशी ,आर्थिक समितिका संयोजक दोर्ण गुरागाई सदस्य उर्गेन शाक्य ,शिविर मुल आयोजक समितिका सदस्इहरु विष्णु माया कन्दङ्गवा,विजय सन्तोषी राई, पुरेन्द्रलाल श्रेष्ठ,स्वयम सेवक परिचालन समितिका संयोजक शम्भु प्रधान,सचिवालय समितिका संयोजक रत्न दर्लामी लगायतले शल्यक्रिया स्वास्थ्य शिविरको अनुगमन गरी शिविरले लक्षित बर्गलाई महत्वपूर्ण सहयोग पुगेको वताउनु भयो ।

समिक्षा कार्यक्रममा निशुल्क वृहत शल्यक्रिया स्वास्थ्य शिविर मुल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले शिविर संचालन सम्वन्धि जानकारी गराउनु भएको थियो ।

धनकुटा अस्पतालमा संचालन भैरहेको वृहत निशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा १० औ दिन मेजर १५ जना ,माईनर २१ जना,पायल्स ३७ जनाको शल्यक्रिया भएको र ६४ जनाको दातको उपचार भएको मुल आयोजक समिति सचिवालय समितिका संयोजक रोशेष श्रेष्ठले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖