एसियाड ब्याडमिन्टनमा नेपाली रसिला महर्जन प्रिक्वाटरफाइनल पुगिन्

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुद–एसियाडअन्तर्गत ब्याडमिन्टनको महिला एकलमा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनल पुगेकी छिन्।

उनले मंगोलियाकी खेलाडीलाई सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकी हुन्। अनुमाया राई भने अगाडि बढ्न सकिनन्।

उनलाई थाइल्यान्डकी खेलाडीले सोझो सेटमा हराइन्। यसअघि पुरुष एकलमा नेपालका दुवै खेलाडी अन्तिम ६२ अर्थात पहिलो चरणबाटै बाहिरिएका थिए।

महिला डबल्समा नेपालका दुवै जोडी अन्तिम ३२ बाटै बाहिरिएका छन्। निता लम्साल र नंशल तामाङको जोडी ताइपेईसँग तथा अनुमाया राई र रसिला महर्जनको जोडी इन्डोनेसियासँग सोझो सेटमा पराजित भयो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।