इजरायल आक्रमणमा परी ९ जना नेपाली घाइते, २ को अवस्था गम्भी

एजेन्सी । इजरायलमा भएको समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हमासको आक्रमण लगत्तै फार्मममा काम गरिरहेका १४ जना नेपाली रहेको ठाउँमा आक्रमण भएको हो।

नौ जना नेपाली घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । थप अपडेटहरू निश्चित समयमा गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालीहरू पनि घाइते भएको खबरसँगै शनिबार साँझ परराष्ट्र मन्त्रालयमा आकस्मिक बैठक बसी सो घटनाबारेको जानकारी गराइएको हो।

साथै, सरकारले इजरायल सरकारसँग नेपालको ऐक्यबद्धता रहेको पनि बताएको छ।

‘नेपाल सरकार इजरायलमा आज भएको आतंकवादी हमलाको घोर भत्सर्ना गर्दछ जसले बहुमूल्य मानवीय ज्यान गुमाउनुका साथै धेरै घाइते भएका थिए। यस महत्वपूर्ण घडीमा, हामी इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौं,’ मन्त्रालयले भनेको छ।

स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र अधिकारीहरूले सुझाव दिएका सुरक्षा उपायहरूको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖