६८ औ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा निःशुल्क स्वाथ्य शिविर संचालन

मोरङ, असोज २७ । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश र कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीको आयोजनामा १ दिने निःशुल्क स्वाथ्य शिविर संचालन गरिएको छ ।

मोरङको रंगेली नगरपालिका-२ मंगलबारे स्थितमा रहेको महेन्द्र माध्यमिक बिद्यालय परिसरमा संचालन भएको स्वास्थ्य शिविरमा रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप कुमार बगडियाको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोता र कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिरानगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीको बिशेष आतिथ्यतामा प्रमुख अतिथि बगडियाले शिविरमा जाँचको लागि आएका बिरामीलाई बिरामी पुर्जा दिएर स्वास्थ्य शिविरको शुभारम्भ गर्नु भएको हो ।

उक्त स्वास्थ्य कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीका डाक्टर प्रहरी नायव उपरीक्षक सरोज सिंह सहितको चिकित्सक टोली ब्लड पेसर, आँखा जाँच, नाक कान घाँटी, सुगर जाँच, दाँत रोग, ल्याव टेष्ट, फोक्सो जाँच, ECG, बालरोग, स्त्री रोग, महिला प्रजनन तथा स्वस्थ्य सेवा उपलब्ध गराएको थियो भने निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने उक्त स्वास्थ्य शिविरबाट ५०० जना स्थानियबासीहरु लाभान्वित भएका थिए ।

शिविरमा बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर र डेन्टल अस्पताल बेलबारी तथा मंगलबारे टोलबिकाश समितिद्वारा गरिएको सहयोगमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आभार समेत ब्यक्त गरेको छ ।

स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दिपक पोखरेल तथा श्रीमती संघका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।