नवजात शिशुलाई ठुलो अस्पतालमा रेफर गर्दा “चिकित्सा सहायता सहित रेफर“ गर्ने कार्यक्रमको शुरुवात

उदयपुर । उदयपुर जिल्ला अस्पतालले नेपालमै पहिलो पटक नवजात शिशुलाई ठुलो अस्पतालमा रेफर गर्दा “चिकित्सा सहायता सहित रेफर“ गर्ने कार्यक्रमको शुरुवात गरेको छ । नवजात शिशुको स्वास्थ्य अवस्थालाई ध्यान दिदै जिल्ला अस्पतालबाट उपचारका लागि अन्य बाहिर अस्पताल लैजान परेमा अस्पतालले शिशु संगै चिकित्सक पनि संगै पठाउने योजना सहित कार्यक्रमको सुरुवात गरेको हो ।

नवजात शिशुको उपचारको लागि जिल्ला अस्पतालले एसएनसियुको व्यवस्था गरि उपचार गराइरहेता पनि अस्पतालमा भेन्टिलेटर नहुदा कुनै नवजात शिशुलाई बाहिर अस्पताल रिफर गर्नु पर्ने अवस्थामा बिराम शिशु संगै चिकित्सक पनि संगै पठाएर बाटोमा हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न यो योजनाको सुरुवात गरेको जिल्ला अस्पतालका डाक्टर निर्मला चौधरीले बताउनु भयो ।

बच्चा जन्मेको समयबाट २४ घण्टा सम्म बाहिरी मौसम सम्म घुलमिल हुन् समय लाग्ने र त्यो समयमा नवजात शिशुलाई बाहिरि संक्रमणको जोखिम उच्च रहने हुदा बच्चा संगै चिकित्सक रहनु पर्ने देखिएकाले यो योजनाको शुरुवात गरिएको जिल्ला अस्पतालका मेसु डाक्टर ज्ञानेन्द्र झाले बताउनु भयो ।

नवजात शिशुलाई बाहिर अन्य ठुलो अस्पताल लैजादा चिकित्सक सहित पठाउने व्यवस्थाको आर्थिक र मानवीय व्यवस्थापन त्रियुगा नगरपालिकाले गरिदिने भएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । विभिन्न तथ्याङ्क हेर्दा नवजात शिशुको एक अस्पतालबाट अर्को अस्पातल लैजादै गर्दा मृत्यु हुने गरेको देखिएका कारण यो योजनाको सुरुवात गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖